आज :

विवाह नगरेका महिलाका पक्षमा सर्वोच्च अदालतले गर्यो यस्तो ऐतिहासिक फैसला !

  • अनलाइन डबली

काठमाडौँ । भारतको सर्वोच्च अदालतले विवाह गरेका वा अविवाहित रहेका सबै महिलालाई २४ हप्तासम्मको गर्भ पतन गर्ने अधिकार रहेको फैसला गरेको छ।

टाइम्स अफ इन्डियाका अनुसार बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू डिवाई चन्द्रचुद, जेबी पर्दीवाला र एएस बोपान्नाको संयुक्त इजलासले मेडिकल टर्मिनेसन अफ प्रेग्न्यान्सी ऐनको व्याख्या गर्दै वैवाहिक अवस्थाले गर्भपतनमा कुनै प्रभाव नपार्ने बताएको हो।

सर्वोच्चले गर्भपतन कानुनमा महिलाको वैवाहिक अवस्थाका कारण गरिने विभेद काल्पनिक र संवैधानिक हिसाबले नमिल्ने कुरा भएको बताएको छ। यस्तो विभेदले विवाह नगरेका महिलाहरू यौनमा सक्रिय हुँदैनन् भन्ने परम्परागत मान्यतालाई निरन्तरता दिने सर्वोच्चले उल्लेख गरेको छ।

भारतमा सन् १९७१ बनेको उक्त ऐन गत वर्ष संशोधन गरिएको थियो। उक्त संशोधनले विवाहित र अविवाहित महिलालाई गर्भपतनसम्बन्धी छुट्टाछुट्टै व्यवस्था नगरेको उल्लेख गर्दै सर्वोच्चले उक्त हक सबै महिलालाई हुने व्याख्या गरेको हो।

गत असारमा अमेरिकाको सर्वोच्च अदालतले महिलाहरूले गर्भपतन गर्न पाउने ५० वर्ष पुरानो फैसला उल्ट्याएको थियो।

सर्वोच्चको उक्त निर्णयसँगै अब महिलाहरूले गर्भपतन गर्न पाउने अधिकारबारे अमेरिकी राज्यहरूले आ-आफ्नो हिसाबले निर्णय गर्न सक्नेछन्। राज्यहरूले आफैंले यसबारे कानुन बनाउन पाउने छन्।

यसैबीच अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको हो ।

चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रीकृत गरेको हो ।

एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal