आज :

सिनै नेपाली चर्चका पास्टरले श्रीमती र न्यू भिजन चर्चका एल्डरसंग मिलेर गरे ९ लाख आर्थिक घोटाला

काठमाडौँ । सिनै नेपाली चर्चका पास्टरले श्रीमती र न्यू भिजन चर्चका एल्डरसंग मिलेर आर्थिक घोटाला गरेको खुलासा भएको छ । चर्च बनाउनका लागि ६ लाखमा किनेको जग्गाको लागत १५ लाख देखाएर ९ लाख रकम घोटाला गरेको प्रामाण संचारकेन्द्रले प्राप्त गरेको छ ।

चर्च स्थापनाका लागि बिश्वभर रहेका नेपाली क्रिस्चियनहरुसंग पैसा असुले त्रिएक नेपाली स्वतन्त्र चर्चर सिनै नेपाली चर्चका पास्टर जगत बहादुर राना मगरले दासी गुरुङ भनेर चिनिने श्रीमती शान्ता गुरुङ र त्रिएक नेपाली स्वतन्त्र चर्चका निवर्तमान डिकन हाल न्यू भिजन नेपाली मण्डली कुवेतका एल्डर याकुब भनेर चिनिने जेम बहादुर थापासंग मिलेर उक्त घोटाला गरेको त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले प्रेस बिज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नगरकोट ५ स्थित सरिता सुनुवारको नाममा रहेको रहेको ७८७ कित्ता नम्बरको ४ आना जग्गा २०७६/ ०९/ २८ मा कल्पना थापा,  जगत बहादुर रानामगर, र जेम बहादुर थापाको नाममा नामसारी गरिएको कागजातमा सबै ४ आजना जग्गा ६ लाखमा पास गरिएको उल्लेख गरिएको छ ।

तर जगत रानामागरले श्रीमती र जेम थापासंग मिलेर १५ लाखको हिसाबकिताब देखाएका छन् । यता त्रिएक नेपाली स्वतन्त्र चर्चलाई बूझाऎको हिसाब र खरिदबिक्रीका क्रममा जग्गा धनीसंग भएको लेनदेनको हिसाब नमिलेपछि हिसाब खोज्दै जाँदा ९ लाख घोटाला भएको भेटिएको हो ।

यस बिषयमा त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले तीनै जनालाई प्रष्टीकरण सोधे पनि जवाफ नआएको जनाएको छ । उक्त जग्गा त्रिएक नेपाली स्वतन्त्र चर्चको नाममा नामसारी गर्न भनेको छः ।

साथै त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले जगत बहादुर राना मगर र जेम बहादुर थापा र कल्पना थापाको नामा रहेको त्रिएक नेपाली स्वतन्त्र चर्चको जग्गा त्रिएक नेपाली स्वतन्त्र चर्चले तोकेको सम्बन्धि निकायलाई नामसारीका लागि पहल गरिदिन सम्पूर्ण नेपाली ख्रीष्टियन समुदाय र कुवेतस्थित नेपाली ख्रीष्टियन सिनियर धर्मगुरुहरु, पत्रकारहरु, बुद्धिजिविहरु र विभिन्न संघ सस्थाहरुलाई अनुरोध गरेको छ । हेर्नुहोस सबै प्रमाणहरु

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal