काठमाडौं । सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँडको मोटामोटी सहमतिमा पुगेका छन् । गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र ५३ सिट पाउने मोटामोटी सहमति भएको एक नेताले बताए । उनका अनुसार त्यसबाट बाबुराम नेतृत्वको नेपाल सामाजवादी पार्टीलाई मिलाउनु पर्ने छ ।
बुधबार भएको बैठकमा माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको छ भने केही अझै टुंगो लाग्न बाँकी रहेको बताइएको छ । निर्वाचन क्षेत्रको अन्तिम टुंगो नलागेसम्म सिट संख्या तलमाथि हुन सक्ने बताइएको छ । माओवादीले चुनाव लड्ने क्षेत्रमा झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १,जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १ मा माओवादीले टिकट पाउने करिब करिब सहमति जुटेको छ ।
ती नेताका अनुसार अछाम १ वा २ लिनेबारे छलफल जारी रहेको छ । त्यस्तै बारा ४, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा पनि अन्तिम टुंगो लागिसकेको छैन ।
त्यसैगरी नेपाली काँग्रेसले नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८७ सिट पाउने भएको बताइएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले काँग्रेसले चुनाव लड्ने क्षेत्र पनि मोटामोटी टुंगाे लगाएको छ । कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ ।
यसैगरी चितवन – १ र २, गोरखा – १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी पाँचथर, इलाम-२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।
यस्तै सर्लाही – ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे –२ सिन्धुपाल्चोक – २ र मकवानपुर- १ कांग्रेसले लिने बताइएको छ ।
यी मध्ये केही क्षेत्रमा एकीकृत समाजवादी र जसपाको दाबी रहेका कारण अन्तिम टुंगो लाग्न बाँकी छ ।


अनलाइन डबली




