आज :

नवरात्राको चौथो दिन बाजुरामा घट्यो यस्तो लज्जास्पद र दुःखद् घटना, एकको अवस्था गम्भीर, वडाध्यक्ष पक्राउ

  • अनलाइन डबली

धनगढी । आज नवरात्राको चौथो दिन, बाजुरामा लज्जास्पद घटना घटेको छ । बाजुरामा मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन् ।

उनको निवेदनका आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी दिए । कुुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ ।

डीएसपी थापाकाअनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत लुटेर लगेको दाबी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal