आज :

पूर्वी युक्रेनमा चर्कियो युद्ध, युक्रेनी क्षेप्यास्त्र प्रहारबाट निर्वाचन अधिकारीको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको पूर्वी क्षेत्रमा फेरि युद्ध चर्किएको छ । जनमत संग्रहको नजितासँगै रुसी सेनाले युक्रेनी सेनामाथि भिषण हमला सुरु गरेको छ । रुसी सेनाले जनमत संग्रह भएका लुहान्स्क, डोनेस्क, खेरसन र जापोरिजियाको सुरक्षा गर्ने भन्दै हमला बढाएको बताइएको छ । रुसले जनमत संग्रह सम्पन्न भएका क्षेत्रका सीमा आसपास रहेका रहेका युक्रेनी सेनामाथि हमला सुरु गरेको बताइएको छ ।

युक्रेनी सेनाले पनि जनतसंग्रहको लागि मतदान भइरहेको बेला देखि नै केही क्षेत्रमा छिटफुट क्षेप्यास्त्र प्रहार गरिरहेको थियो । जापोरिजियामा युक्रेनी सेनाले क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र प्रहारबाट जनमत संग्रह गराएका निर्वाचिन अधिकारीको मृत्यु भएको थियो । रुसले जनमत संग्रह सम्पन्न भएका क्षेत्रको सुरक्षा गर्ने भन्दै थप सैनिक परिचालन गरेको छ । यहाँ पुनः भिषण युद्ध हुने बताइएको छ ।

अमेरिकाले जनमत संग्रहलाई मान्यता नदिने बरु ती क्षेत्रमा लड्नको लागि युक्रेनलाई हिमार्स मिसाइलसँगै रडार सिस्टमसहितका हतियार सहयोग गर्ने घोषणा गरेको छ । बेलालयतले जनमत संग्रहमा संलग्न भएका रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरिसकेको छ ।

उता रुसले भने जनमत संग्रहको नतिजाको सम्मान गर्ने बताउँदै चारै क्षेत्रलाई रुसमा गाम्भे प्रक्रिया सुरु गरेको छ । पर्सी शुक्रबार बस्ने संसदको संयुक्त बैठकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चारवटा क्षेत्र आफ्नो देशमा विलय भएको घोषणा गर्ने तयारी भइरहेको छ ।

जनमत संग्रहको क्रममा लुहान्स्क र डोनेट्स्क जनगणराज्यमा मानिसहरूलाई ‘रुससँग गाभिने कुरामा समर्थन छ कि छैन श्र’ भनेर सोधिएको थियो । जापोरीजा र खेरसनमा ‘के यो क्षेत्र युक्रेनबाट छुट्टिँदै स्वतन्त्र राष्ट्र बनेर अन्ततः रुसमा गाभिने कुरामा समर्थन छ ?’ भनेर सोधिएको थियो
लुहान्स्क र डोनेट्स्कमा मतपत्र रुसी भाषामा मात्र छापिएको थियो भने जापोरिजिया र खेरसनमा मतपत्र युक्रेनी र रुसी भाषामा थियो ।

जनमत संग्रहमा पाँच दिनसम्म भएको मतदानमा जापोरिजियामा ९३.११ प्रतिशत, खेरसनमा ८७.०५, लुहान्स्कमा ९८.४२ र डोनेस्कमा ९९.२३ प्रतिशत मत रुससँग गाभिने पक्षमा खसेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal