आज :

बर्षा र चट्याङसँगै पहिरो आउने, दशैंको लागि यात्रा गर्नेहरुलाई मौसमविद्ले दिए यस्तो चेतावनी 

  • अनलाइन डबली

काठमाडौं । केही दिनदेखि विभिन्न भागमा भइरहेको मौसम बदली र बर्षा आजपनि जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद्का अनुसार आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पनि रहेको छ । ती स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जनाउँदै सतर्क रहन महाशाखाले आग्रह गरेको छ । दशैंको लागि यात्रा तय गरेकाहरुलाई सतर्क भएर यात्रा गर्न मौसमविद्ले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal