आज :

जनमतसंग्रहको नतिजासँगै रुसी सेनाले ‘अप्रेसन विन्टर’ सुरु गर्यो, रिजर्ब सैनिक पनि युक्रेन पुगे

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनमै रहने वा रुससँग गाभिने भन्ने विषयमा युक्रेनका चार क्षेत्रमा भएको जनमत संग्रहको नतिजा सार्वजनिक भएसँगै लडाइँ नयाँ चरणमा प्रवेश गरेको छ । रुसले हालै परिचालन गरेको रिजर्ब सैनिक पनि युक्रेन पुगेको बताइएको छ । पाँच दिनसम्म भएको मतदानमा जापोरिजियामा ९३.११ प्रतिशत, खेरसनमा ८७.०५, लुहान्स्कमा ९८.४२ र डोनेस्कमा ९९.२३ प्रतिशत मत रुससँग गाभिने पक्षमा खसेको बताइएको छ ।

अब जनमत संग्रहको यो फैसला रुसको संसदबाट पेश गरिनेछ । संसदले अनुमोदन गरेसँगै चारवटै क्षेत्र औपचारिक रुपमा रुसमा विलय हुनेछन् । त्यसपछि त्यहाँ रुसी संविधान र कानुन लागु हुनेछ । सबै युक्रेनीले रुसको नागरिकता पाउनेछन् ।

यसैबीच जनमत संग्रहको नतिजा सार्वजनिक भएसँगै रुसको रिजर्ब सेना पनि युक्रेन पुगेको छ । केही दिन पहिले मात्रै रुसले ३ लाख रिजर्ब सेनालाई परिचान गरेको थियो । रुसी सेनाले पूर्वी क्षेत्रका केही ठाउँमा रहेका युक्रेनी फौजमाथि भिषण हमला सुरु गरेको छ । जनमत संग्रह भएका क्षेत्रलाई सुरक्षा दिन रुसी सेनाले युक्रेनी फौजलाई पूर्वबाट लखेट्ने बताएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसले जाडो मौसम पहिले नै आफ्नो मिसन पूरा गर्ने गरी सैन्य अभियान पनि सुरु गरेको छ । जाडोमा युक्रेनको तपक्रम माइनस ५ डिग्रीसम्म पुग्ने भएकोले त्यो भन्दा पहिले नै मिसन पूरा गर्ने रुसको तयारी छ । दोस्रो विश्वयुद्धमा रुसी सेनाले अहिलेको युक्रेनी भूमीमै जर्मनीलाई हराएको थियो ।

अहिलेसम्म रुसले आफूले सैन्य कारवाही मात्रै गरेको बताउँदै आएको छ भने अब युद्धको घोषणा गर्न सक्ने बताइएको छ । पूर्वी युक्रेनको सुरक्षाको लागि रुसले हमला बढाउने बताइएको छ । उता अमेरिकाले जनमत संग्रहलाई अस्वीकार गर्दै यी क्षेत्र युक्रेनकै भएको बताइसकेको छ भने सो क्षेत्रको लागि थप हतियार दिने बताएको छ । अमेरिकाले हिमार्स, रडार सिस्टमलगायतका हतियार दिने बताइसकेको छ । रुसले पनि थप शक्ति युक्रेन पठाइरहेको छ । अब युक्रेनमा युद्ध हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal