आज :

युक्रेनका डोनेस्क, लुहान्स्क, जापोरिजिया र खेरसन रुससँग गाभिने फैसला, रुसले प्रक्रिया सुरु गर्यो

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका चार क्षेत्रमा भएका नागरिकले जनमत संग्रहमार्फत रुससँग गाभिने पक्षमा फैसला गरेका छन् । युक्रेनको डोनेस्क, लुहान्सक, जेपोरेजिया र खेरसनमा पाँच दिन लगाएको भएको जनमतसंग्रहको नजिता अनुसार ९९ प्रतिशत मानिसहरुले रुससँग गाभिने पक्षमा मतदान गरेका थिए । मतको नतिजाले युक्रेनसँग रहन नसक्ने भन्दै युक्रेनमा गाभिने निर्णयलाई अनुमोदन गरेका छन् । अब यी चार क्षेत्र रुसमा विलय हुनेछन् ।

रुसले यो नतिजालाई सकारात्मक भन्दै मतको सम्मान गर्ने प्रतिक्रिया दिएको छ । अब रुसको संसदले संसदबाट यो निर्णय अनुमोदन गर्ने तयारी गरेको छ । संसदले अनुमोदन गरेसँगै चार क्षेत्रमा रुसी संविधान र कानुन लागु हुनेछ । अब युक्रेन वा कुनै पनि विदेशीले सो क्षेत्रमा हमला गरे रुसमाथिको हमला ठानिनेछ । जस बिरुद्ध रुसले आफ्नो कार्बाही तीव्र बनाउने छ । यसले रुस युक्रेन युद्ध नयाँ चरणमा जान सक्ने आंकलन पनि गरिएको छ ।

अमेरीका र नेटोले मान्यता नदिए पनि ती भूमिमा अब रुसको अधिन हुनेछ । यो कुल भुभाग युक्रेनको कुल क्षेत्रफलको १५ प्रतिशत भुभाग हुनेछ । यस अघि सन् २०१४ मा क्रिमिया पनि युक्रेनबाट विद्रोह गरी जनमतसंग्रह मार्फत रुसमा विलय भएको थियो ।

जनमतसंग्रहमा ९९ प्रतिशत मतका साथ रुससँग गाभिने फैसला भएपछि स्थानीय नागरिकले खुशीयाली मनाइरहेको रुसी संचारमाध्यमहरुले बताएका छन् । लामो समयदेखि युक्रेनको दमन सहदै आएका रुसीभाषिहरु अब रुसका नागरिक हुने भएका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निरास हुँदै आपत्ति जनाएका छन् । उनले जनमत संग्रहमा सहभागी नहुने भन्दै भए १० बर्ष जेल हाल्ने चेतावनी समेत दिएका थिए । तर पनि ९९ प्रतिशत नागरिकले जनमत संग्रहमा सहभागी भएका छन् । उनीहरुले चाँडो जनमत संग्रहको फैसला कार्यान्वयन हुनुपर्ने माग समेत गरेका छन् । रुसले आफूले पूरै युक्रेनलाई कब्जामा लिन नखोजेको बताउँदै आएको थियो । उनले यी क्षेत्रका नागरिकलाई जेलेन्स्कीको दमनबाट बचाउन बताउँदै आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal