आज :

प्रभु बैंक र चुरे हिल हस्पिटलबीच भयो यस्तो सम्झौता, प्रभु बैंकका ग्राहकलाई उपचारमा छुट

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र चुरे हिल हस्पिटल प्रा.लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको उक्त हस्पिटलबीच भएको सम्झौतामा प्रभु बैंकका ग्राहकहरुले उपचारमा आकर्षक छुट पाउने भएका छन् ।

सम्झौतामा बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह र चुरे हिल हस्पिटल प्रा.लि.का तर्फबाट प्रशासनिक प्रमुख रविन्द्र कुमार थापाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले चुरे हिल हस्पिटल प्रा.लि.द्वारा सञ्चालित (आइ.सी.यु) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशतका साथै फार्मेसी औषधि शुल्कमा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत चुरे हिल हस्पिटल प्रा.लि. मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चुरे हिल हस्पिटल प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal