काठमाडौँ । युक्रेनका पूर्वी शहरमा रुसी पत्रकार बसेको एक होटलमा युक्रेनी सेनाले मिसाइल प्रहार गरेको छ । युक्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाले प्रहार गरेको हो । उक्त हमलामा परी पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
हमलामा परी मृत्यु भएका पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मृत्यु भएको स्थानीय अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् । पूर्व सांसद झुराभ रुसी समर्थक भएको बताइएको छ । युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो ।
यसबारे युक्रेनले औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन भने युक्रेनबाट अलग भएको घोषणा गरेका स्थानीय अधिकारीहरुले घटनाको विरोध जनाएका छन् । विज्ञप्तिमा आ क्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ ।
आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु पनि रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी पत्रकार घटनामा परे नपरेको अहिलेसम्म कुनै विवरण सर्वाजनिक भएको छैन ।
रूसी संचारमाध्यहरूले युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले पत्रकारहलाइ लक्षित गरेर मिसाइल प्रहार गर्न निर्देशन दिएकाे समाचारमा उल्लेख गरेका छन् । पत्रकारलाइ लक्षित गरेर मिसाइल प्रहार गरिएकाे घटनाकाे विराेध भइरहेकाे छ ।
भाेलिसम्म पूर्वी युक्रेनका चार क्षेत्रमा भाेलिसम्म जनमतसंग्रह हुँदैछ । युक्रेनबाट अलग भएकाे घाेषणा गरेका लुहान्स्क र डाेनेट्स्कसँगै खेरसन र जाेपाेरिजामा पनि जनमत संग्रहकाे लागि मतदान भइरहेकाे छ । युक्रेनबाट अलग भएकाे घाेषणापछि बनेका स्थानीय सरकारले रूससँग मिल्ने वा नमिल्ने जनताकाे मत लिन जनमत संग्रहकाे घाेषणा गरेका थिए ।