आज :

प्रथम उपत्यका ब्यापी बाघचाल प्रतियोगितामा पानभाइले जिते स्वर्ण पदक

  • बुद्धशरण शाही

काठमाडौँ –  सघाउ नेपालको आयोजनामा प्रथम उपत्यका ब्यापी बाघचाल प्रतियोगितामा पानभाइ पोडेले स्वर्ण पदक विजय हासिल गरेको छ ।

सो प्रतियोगितामा रजतमा चन्द्रमान श्रेष्ठ र कास्यमा कृष्णबहादुर महर्जनले पदक जित हासिल गरेको छ । सानुमैंया-शेरबहादुर स्मृति कप काठमाडौँ ब्यापि खुल्ला बाघचाल प्रतियोगितामा कीर्तिपुर-९ वडा ढाेकासी टोलका पानभाइ पाेडे उपत्यका ब्यापि बागचाल प्रतियोगितामा च्याम्पियनको उपाधि प्राप्त गर्न सफल भएको छ । असाेज ३ गते बात भएको प्रतियोगिताको फाईनल आज असाेज ८ गते सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि पूर्व युवा तथा खेलकूद मन्त्री तथा  काठमाडौँ १० नं. क्षेत्रया निवर्तमान सांसद राजेन्द्रकुमार केसीबात प्रथम , दोश्रो र तेश्रो हुने खेलाडीहरुलाइ मेडल र ट्रफि प्रदान गर्नु भयो । यसै गरि विशेष अतिथि कीर्तिपुर नगरपालिकाका उप-प्रमुख शुभलक्ष्मी शाक्यले  प्रमाण-पत्र तथा नगद पुरस्कारबात सम्मान गर्नु भयो ।  समाजसेवी श्रीराम महर्जनले बाघचाल खेल जीवन बात सन्यास  लिने  घाेषणा गर्नहुने पुराना खेलाडी भक्तपुरका ७६ बर्षका दामाेदर प्रजापतिलाइ सन्यास सम्मान तथा ८७ बर्षका कीर्तिपुर-९ वडा निवासी गायँचा महर्जलाइ ज्येष्ठ  खेलाडीको रुपमा सम्मान गर्नु भयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal