आज :

आज रातिबाट सुदूरपश्चिम प्रदेशमा फेरि भारी बर्षा हुने, मौसमविद्ले दिए यस्तो चेतावनी

  • अनलाइन डबली

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भारी बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् हिरा भट्टराईका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका अधिकांश भागमा भारी बर्षा हुनेछ । भारतको राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज राति १२ बजेदेखि सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी पर्ने र कुनैकुनै ठाउँमा अझ ठूलो पानी पर्ने सम्भावना रहेको भट्टराईले बताए ।

भट्टराईका अनुसार आज राति १२ बजेदेखि कैलाली, कञ्चनपुर क्षेत्रबाट यसका प्रभाव पर्न सुरु भएर भोलि बिहानसम्म सुदूरपश्चिम क्षेत्र र कर्णाली प्रदेशका पूरै भूभागमा प्रभाव पर्नेछ । त्यसपछि दिउँसोसम्ममा लुम्बिनी प्रदेशका केही ठाउँमा पनि प्रभाव पर्ने र ठूलो पानी पर्ने भट्टराईले जानकारी दिएका छन् ।

देशका अरु ठाउँमा भने सामान्य प्रभाव मात्रै रहनेछ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । भोलि बेलुकासम्म नै न्यून चापीय क्षेत्रको प्रभाव रहने भएकाले भिरालो ठाउँमा पहिरो तथा नदीमा बाढी आउने सम्भावना भएकाले भिरालो जमिन र नदी आसपासको क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

एक हप्ताअघि मात्रै भारी बर्षासँगै सुदूरपश्चिम प्रदेशमा ठूलो जनधनको क्षति भएको थियो । अछाममा गएको बाढी पहिरोबाट २२ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी घाइते भएका थिए । त्यस्तै कैलाली, कञ्चनपुरमा बाढीले धेरै बस्ती डुवानमा परेका थिए भने अन्य पहाडी जिल्लामा पहिरोले क्षति पुगेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal