आज :

रुसले बल्ल औपचारिक रुपमै सार्वजनिक गर्यो युक्रेनमा मारिएका सैनिकको संख्या, कति सैनिकको मृत्यु भयो ?

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा जारी विशेष सैन्य अभियानमा आफ्ना मृतक सैनिकको संख्या सार्वजनिक गरेको छ । युक्रेन र पश्चिमा देशहरुले विभिन्न संख्या बताइरहेको बेला रुसले औपचारिक रुपमा मृतक सैनिकको संख्या सार्वजनिक गरेको छ । ३ लाख रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेलगत्तै रुसले औपचारिक रुपमा युक्रेनमा मारिएका सैनिकको संख्या सार्वजनिक गरेको हो ।

टेलिभिजनमा बोल्दै रुसी रक्षा–मन्त्री सर्गेई शोइगुले द्वन्द्व सुरु भएदेखि हालसम्म ५ हजार ९३७ रूसी सैनिक मारिएको जानकारी दिए । रक्षामन्त्री शोइगुले सात महिना लामो ‘विशेष सैन्य अपरेशन’ मा रुसले ठूलो नोक्सानी बेहोरेको कीभ र पश्चिमा राष्ट्रहरूको भनाइलाई खारेज गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

उनले ९०% घाइते रुसी सैनिकहरू युद्ध मोर्चामा फर्किएको समेत बताए । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलोपटक रुसी रिजर्भ फोर्स परिचालन गर्न आदेश दिएसँगै विश्वभर नयाँ तरंग फैलिएको बेला यो संख्या सार्वजनिक भएको छ ।

रुसले मृतक सैनिकको संख्या औपचारिक रुपमा सार्वजनिक भएको यो दोस्रो पटक हो । सैन्य कारवाही पछि मार्च २५ मा रुसले आफ्ना १ हजार ३ सय ५१ सैनिक मारिएको बताएको थियो । त्यसपछि रुसी सेनाको हताहतीबारे पश्चिमबाट विभिन्न अनुमान आइरहँदा पनि रुसले विवरण सार्वजनिक गरेको थिएन ।

अगस्टमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन युद्धमा रुसी पक्षका करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएको प्रक्षेपण गरेको थियो । तर हाल रुसले सार्वजनिक गरेको सैन्य हताहतीको संख्या पेन्टागनको प्रक्षेपणभन्दा निकै कम देखिन्छ ।

युक्रेनमा कयौं पश्चिमी शक्ति विरुद्ध एकैपटक लड्नु परेकाले थप जनशक्ति आवश्यक परेको र त्यसैका लागि रिजर्भ फोर्स परिचालन गर्नुपरेको पुटिनले बताए । रक्षा मन्त्री शोइगुले रुससँग २ करोड ५० लाख सम्भावित लडाकू रहे पनि हाल ३ लाख पुरुष मात्र परिचालित हुने बताए ।

क्रेमलिनको वेबसाइटमा प्रकाशित अध्यादेश अनुसार हाल बोलाइएको रिजर्भ फोर्समा पहिले नै सैन्य अनुभव भएकाहरुलाई मात्र परिचालित गर्ने भनिएको छ । शोईगुले युक्रेनमा तैनाथ गर्नुअघि उनीहरूलाई थप प्रशिक्षण दिइने बताए । मस्कोले आफ्नो छिमेकीलाई निशस्त्रीकरण गर्न र खतरनाक राष्ट्रवादीहरुबाट मुक्त बनाउन विशेष सैन्य अभियान चलाएको बताइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal