आज :

रुससँग मिल्नेबारे युक्रेनमा आजबाट जनमतसंग्रह, युक्रेनीहरु भन्छन्- रुसी हाम्रा दाजुभाई

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनमा रुससँग मिल्नेबारे जनमत संग्रह हुँदैछ । युक्रेनका पूर्वी लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरीजा र खेअर्सनमा आजदेखि पाँच दिनसम्म मतदान हुँदैछ । स्थानीय गणराज्य सरकारले यी क्षेत्रमा जनमतसङ्ग्रह योजना घोषणा गरेको हो । रुसी संचारमाध्यमहरुका अनुसार ती क्षेत्रका युक्रेनीको मागअनुसार जनमतसंग्रह हुन लागेको हो । यी क्षेत्रका अधिकांश युक्रेनीहरु रुससँग मिल्ने पक्षमा उभिँदै आएका छन् ।

जनमतसंग्रहबारे बोल्दै रुसी सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेद्भेदेभले डोनेट्स्क र लुहान्स्क सम्मिलित डोन्बास क्षेत्रमा जनमतसङ्ग्रह गर्दा त्यसले ऐतिहासिक न्याय सच्याउने र त्यो अपरिवर्तनीय हुने नहुने बताएका थिए । डोनेट्स्क र लुहान्स्कका स्थानीय सरकारले आजदेखि पाँच दिन (सेप्टेम्बर २३ देखि २७) सम्म जनमतसंग्रहको लागि मतदान हुने बताएका छन् । रुसले विशेष सैन्य कारवाही सुरु गर्नुअघि नै रुसले यी क्षेत्रलाई स्वतन्त्र घोषणा गरेको थियो ।

यी क्षेत्रमा युक्रेनी फौजले नियन्त्रण गुमाएसँगै स्थानीय गणराज्य सरकार संचालनमा रहेको बताइएको छ । गणराज्य सरकारले आफ्नो र अदालत पनि गठन गरेको छ । उसको सेना युक्रेनी फौजविरुद्ध लडिरहेको छ भने अदालतले केही समयअघि युक्रेनमा आएर लड्ने विदेशी सेनालाई फासीको सजाय तोकेको थियो । त्यस्तै, सयौंलाई युद्धबन्दीको रुपमा जेलमा राखेको बताइएको छ ।

रुसी सरकारी सञ्चारमाध्यमले जनमतसंग्रहमा मानिसहरूले भौतिक रूपमा उपस्थित भएर वा टाढा रहेरै पनि मतदान गर्न सक्ने बताएका छन् । पश्चिमा संचारमाध्यमहरुका अनुसार युद्धकै बीचमा हुने मतदान निष्पक्ष हुनेमा शंका गरेका गरिएको छ । पश्चिमा देशहरूले मस्कोको उक्त योजनाको विरोध जनाएका छन् । अमेरिका, जर्मनी र फ्रान्सले रुसी योजनाअनुसारको जनमतसङ्ग्रहलाई छद्म को सङ्ज्ञा दिएका छन् ।

जनमतसंग्रहको तयारी पूरा भएको पुष्टि गर्दै युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले मङ्गलवार छद्म जनमतसङ्ग्रहले केही परिवर्तन नगर्ने बताए । रुसी संचारमाध्यमहरुका अनुसार स्थानीय युक्रेनीहरु जनमत घोषणाले उत्साहित भएको र मतदानको लागि तयार रहेका छन् । यी क्षेत्रमा धेरैजसो रुसी भाषीहरु छन् । उनीहरुले रुसीहरु आफ्ना दाजुभाई भएको र अमेरिकालगायतका पश्चिमाहरु युक्रेनीका दुश्मन भएको रुसी संचारमाध्यमहरुले बताएका छन् । यसअघि रुसले सम्पूर्ण युक्रेनीलाई आफ्नो देशका नागरिक बताउँदै नागरिकता प्रदान गर्ने बताइसकेको छ ।

यो जनमतसंग्रहसँगै पूर्वी युक्रेन वैधानिक रुपमा रुससँग गाभिने भएका छन् । सन् २०१४ मा यसैगरी क्रिमियामा भएको जनमतसंग्रहले रुससँग गाभिने फैसला गरेको थियो । यी क्षेत्रमा गरिने यो जनमतसंग्रहको नतिजा पनि क्रिमियाकै जस्तो हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal