आज :

यी हुन काठमाडौँ हत्या काण्डका मुख्य योजनाकार नितेन, खुल्यो अर्को डरलाग्दो अपराधको रहस्य

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको गोठाटारमा व्यवसायी लाल मोहम्मदको गोली हानेर ह त्या भएको घटनामा मुख्य योजनाकार भनिएका व्यक्तिको पृष्ठभूमि आपराधिक रहेको खुलेको छ ।

भारत घर भएका नितेन मदन अरोरा लामो समयदेखि नेपालमा बसेर अपराधमा संलग्न भएको पाइएको हो । आमालाई नेपालमा डेरा लिएर राखेका उनले नेपाली युवतीसँग नै विवाह गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका लाल मोहम्मदको हत्या गर्नुअघि नै उनी प्रहरीको खोजी सूचीमा थिए । ‘नितेलाई लुटपाट आरोपमा खोजिरहेका थियौं’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘न्युरोडबाट उनले ७० लाख नगद लुटेर भागेका थिए ।’

१ वर्षअघि उनले न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ लुटेर भागेको प्रहरीको भनाइ छ । सो पैसा हुण्डीको भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

पीडितले ७० लाख नेपाली र ३० लाख भारतीय रुपैयाँ लुटिएको दाबी गरेका छन् । तर, हुण्डीको पैसा भएकाले पीडित पनि खुलेर आउन नसक्दा अनुसन्धानले गति लिएको थिएन ।

​तर, प्रहरी वृत्त जनसेवा र जिल्ला प्रहरी परिसर काठमाडौंले नितेनमाथि निगरानी गरिरहेको थियो । हाल फरार नितेन लामो समयदेखि काठमाडौंमा बस्दै आएको बताइएको छ ।

उनका दाइ र आमा अहिले काठमाडौंमै छन् । हरियाणा स्थायी घर भएका नितेनले पत्नीलाई दिल्लीमा राखेका छन् । क्यासिनोमा लत लागेर नितेनले लाखौं सिध्याएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

उदय सेट्ठीलाई जुत्ता पुर्‍याउँथे
लाल मोहम्मदको हत्या कनेक्सन भारतीय अन्डरवल्र्ड डन उदय सेट्ठीसँग देखिएको छ । रसुवा कारागारमा रहेका अन्डरवल्र्ड डन सेट्ठीसँग नितेन नियमित टेलिफोन सम्पर्कमा थिए ।

काठमाडौंबाट ब्राण्डेड जुत्ता बोकेर उनी सेट्ठीलाई भेट्न रसुवा कारागार जान्थे । उनले सेट्ठीको इशारामा काम गर्ने गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

अन्डरवल्र्ड डन छोटा राजनका मुख्य सहयोगी सेट्ठी सामाखुसीका व्यवसायी केदार कक्षपतीका छोरा निरजलाई अप हरण गरेर १ करोड ५० लाख फिरौती लिएको मुद्दामा जेल परेका हुन् ।

लाल मोहम्मद पनि लामो समय रसुवा कारागारमा बसेका थिए । २०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेपछि जेल परेका उनी करिब १० वर्षपछि निस्केका थिए ।

पटुवा जाली नोट कारोबारमा जोडिएका थिए । विगतमा जाली नोट कारोबारमा जोडिएका व्यक्तिहरुको ह त्यामा पनि छोटा राजन र भारतीय अन्डरवल्र्ड बब्लु श्रीवास्तव र ‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाहीको समूह संलग्न हुँदै आएको छ । बब्लु अहिले जेलमा छन् ।

उनी जेल परेपछि नेपालमा बब्बुको समूह प्रयोग हुने गरेको इतिहास छ । लाल मोहम्मद ह त्यालाई प्रहरी अधिकारीहरुले पुराना जाली नोट कारोबारीको हत्याको श्रृङ्खलासँग जोडेर अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal