आज :

काठमाडौँबाट छुटेका २ वटा बस दुर्घटना, ११ जनाको मृत्यु, यस्तो छ थप विवरण

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँबाट छुटेका २ वटा बस छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकको खंख्या ७ पुगेको छ।

भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन्।

‘बसका चालक फरार छन्। उनी भेटिएपछि थप अनुसन्धान हुन्छ’, उनले भने। उता रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिए ।

मृतकको सनाखत हुन बाँकी रहेको डिएसपी डाँगीले बताए । आफू घटनास्थलमै रहेको र थप विवरण संकलनको काम भइरहेको उनले बताए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal