आज :

प्रभु बैंक र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरबीच सम्झौता, प्रभुका ग्राहकले उपचारमा विशेष छुट पाउने

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र हसनपुर, धनगढीस्थित न्यूरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि. बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.का तर्फबाट निर्देशक डा. सुरेन्द« भट्टद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.ले प्रदान गर्ने सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौतामा न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.मा सुविधा लिन चाहने ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा उक्त छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal