आज :

निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिने (निर्वाचन क्षेत्र सूचीसहित)

  • अनलाइन डबली

 

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ३५ वटा जिल्ला रहेका छन् ।
त्यस्तै दुई वा त्यो भन्दा धेरै प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लामा जिल्ला सदरमुकाम र बाहिर पनि कार्यालय स्थापना हुनेछ । दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने २१ जिल्ला, तीन जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ७ वटा, चार जना निर्वाचित हुने ९ जिल्ला, पाँच जना निर्वाचित हुने तीन जिल्ला र ६ वा त्यो भन्दा माथि निर्वाचित हुने मोरङ र काठमाण्डौ गरी दुई जिल्ला रहेका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबैभन्दा धेरै काठमाण्डौमा १० वटा निर्वाचन कार्यालय स्थापना हुनेछन् । यसअघिका चुनावमा जिल्लाको सदरमुकाममा नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै आएकोमा अहिले सदरमुकामबाहिर पनि खोल्ने निर्णय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal