आज :

खुशीयाली मनाइरहेको बेला जेलेन्स्कीलाई रुवाउँने खबर ! रुसको हमलामा परी १०० सैनिकको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमा फेरि हमला तेज पारेको छ । रुसी रक्षा मन्त्रालयले भिडियो जारी गरेर हमला बढाएको पुष्टि गरेको छ । रुसले फरक फरक ठाउँको भिडियो सार्वजनिक गरेको छ । रुसी सेनाले सुखोई फाइटर विमान, स्थलबाट रकेट र मिसाइल प्रहार गरेको भिडियो सार्वजनिक गरेको छ । रुसले हमलाबाट युक्रेनी सेनाका ट्यांक ध्वस्त बनाएको समेत भिडियो सार्वजनिक गरेको छ ।

खार्किभ, खेरसनलगायतका क्षेत्रबाट रुसी सेनालाई लखेटेको र अब देशबाटै लखेट्ने भन्दै युक्रेनी राष्ट्रपतिले आफ्ना सेनासँग खुशी साट्न युद्धस्थलमा पुगेका थिए । जेलेन्स्कीले ‘रुसी सेनालाई कि मृत्यु रोज कि युक्रेन छोड’ भन्दै चेतावनी समेत दिएका थिए । जेलेन्स्कीले रुसले कब्जामा लिएका धेरै क्षेत्र मुक्त गरेको दाबी गरेका थिए । जेलेन्स्कीले खुशीयाली मनाइरहेको बेला भने रुसले हमला बढाएको छ ।

पछिल्ला दिनमा रुसले डोनेट्स्क क्षेत्रमा पुगेको युक्रेनी फौजमाथि भिषण हमला गरेको छ भने संघर्ष जारी रहेका क्षेत्रमा पनि हमला तेज पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । रुसले युद्ध क्षेत्रको भिडियो जारीले गरेसँगै पश्चिमा देशहरुले रुस हार्दै गएको भन्ने प्रचार झुट भएको भारतीय पत्रकार मनीष सिंह बताउँछन् । सिंहले युक्रेनमा रुसले सैन्य कारवाही गरेदेखि रिपोर्टिङ गर्दै आएका छन् ।

रुसले भिडियो जारी गर्दै युक्रेनी सेनाका उच्च कमाममण्डरसहित १०० सय सैनिकको मृत्यु भएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनको ठूलो सैन्य सामाग्री र अमेरिकाले दिएका हतियार पनि नष्ट पारिएको बताएको छ । त्यस्तै, दुई सयभन्दा बढी युक्रेनी सैनिक घाइते भएको रुसले दाबी गरेको छ ।

यसैबीच रुसले शक्तिशाली मिसाइल सिस्टम पनि युक्रेन पठाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसले सेन्ट पीटरबर्गमा राखिएका मिसाइल युक्रेन पठाएको हो । रुसले सेन्ट पीटरबर्गमा राखिएका चारवटा मिसाइल सिस्टम युक्रेन पठाएको बताइएको छ ।
सेटलाइट फोटोमा रुसले यसअघि उक्त बेसमा १४ वटा एन्टी एयरक्राप्ट तैनाथ गरेको थियो । अहिले १० वटा मात्रै देखिन्छन् । रुसले एस–४०० र एस–३०० नामका चारवटा मिसाइल सिस्टम युक्रेन पठाएको बताइएको छ । त्यस्तै, रुसले पछिल्ला दिनमा अन्य बेसबाट पनि मिसाइल खाली गरेको छ ।

त्यसैगरी रुसले सेन्ट पीटरबर्गबाटै १ सय मिसाइल बोक्ने २५ कन्टेनर पनि युक्रेन पटाएको बताइएको छ । एउटा कन्टेनरले कम्तीमा पनि एक सय मिसाइल सजिलै बोकेर सम्बन्धी क्षेत्रमा पुर्याउछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal