आज :

काठमाडौं हत्याकाण्ड- ४ गोली लागेर ढलेका मोहम्मदबारे प्रहरी अनुसन्धानले खोल्यो यस्तो बेग्लै रहस्य

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ एक व्यवसायीको गोली प्रहार गरी ह त्या भएको छ । कपडा व्यवसायी सर्लाहीको हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मदको अज्ञात समूहले गो ली प्रहार गरी हत्या गरेको गरेको हो ।

४ राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार नै मृत्यु भयो । रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गो ली प्रहार भएको हो । मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए ।

लाल मोहम्मदका रुपमा चिनिए पनि उनको खास नाम मोहम्मद दर्जी हो । उनको पारिवारिक स्रोतले मोहम्मदमाथि केही साताअघि पनि आक्रमणको प्रयास भएको रहस्य खोलेको छ । त्यही घटनापछि उनले जम्बुडाँडा प्रहरी चौकीमा आफू असुरक्षित भएको भन्दै निवेदन दिएका थिए ।

मोहम्मदले राष्ट्रिय मानवअधिकार आयोग पनि निवेदन दिएको स्रोतको खुलास गरेको छ । ‘सुरुमा प्रहरीले निवेदनलाई गम्भिररुपमा लिएन, अहिले ज्यानै गयो,’ परिवारका एक सदस्यले भने, ‘प्रशासनले बेवास्ता नगरिदिएको भए सायद अहिले यो घटना हुने थिएन ।’

प्रहरीले मोहम्मदको घटनापछि उनको पृष्ठभूमिलाई केलाएर अनुसन्धान थालेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी धानुकका अनुसार उनको विगत स्वच्छ देखिएको छैन । उनी झण्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेको प्रहरीले रहस्य खोलेको छ ।

‘ह त्या अभियोगमा झण्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेको रहेछ,’ धानुकले भने, ‘पछिल्लो समय चाहिँ उनको गतिविधि के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’ उनको ह त्यालाई आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराध हेर्ने नेपाल प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्यूरोले पनि चासोका साथ हेरेको छ ।

काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका अलावा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि यो ह त्या प्रकरणमा नजर राखेको छ । यसपछाडिको कारण मोहम्मदको विगतको विवादास्पद पृष्ठभूमि हो । जानकार स्रोतहरुका अनुसार मोहम्मद विगतमा नेपालबाट हुने जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् ।

नेपालमा युनुस अन्सारीलाई नक्कली नोट कारोबारको ‘मास्टर माइन्ड’ मानिन्छ । २०६५ सालमा पक्राउ परेपछि उनलाई जेलमै भारतीय ‘सार्प सुटर’ मनमित भाटियाले गोली हानेका थिए । तर संयोगवश उनी बाँचेका थिए ।

युनुस जेल गएपछि नेपालमा नक्कली नोट कारोबारको र्‍याकेट सम्हालेका इल्ताफ हुसेन अन्सारीको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेको स्रोतको दाबी छ ।

प्रहरी उच्च स्रोतका अनुसार मोहमदले इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको ह त्या गरेका थिए । बलराम पनि नक्कली नोट कारोबारी भएपनि समूहगत द्वन्द्वका कारण उनी मारिएको बताइन्छ ।

त्यसबेला अनुसन्धानमा खटिएका हालका एक प्रहरी उपरीक्षक (एसपी) भन्छन्, ‘त्यस घटनामा लाल मोहमद कन्ट्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।’ इल्ताफले पछि अदालतबाट यो घटनामा सफाइ पाएका थिए ।

लाल मोहमद चाहिँ लामो समय जेल बसेर छुटेको प्रहरी अधिकृतहरु बताउँछन् । घटनामा बाहिद खान, बडे भाइ भनिने असरफ अली, उपेन्द्र चौधरी लगायत पनि संलग्न थिए ।

इल्ताफ हुसेन अन्सारी, जसको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेका थिए । इल्ताफ हाल जेलमा छन् ।
युनुस, इल्ताफले रोजे सेफसाइड, मारिए लाल मोहम्मद !

विशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहमदले नेपालमा नक्कली नोट कारोबारको बीचको लेयरका रुपमा काम गरेका थिए । त्यही कारण उनी भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को र्‍याडरमा परिरहेका थिए ।

भारतीय सुरक्षा अधिकृतहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग उनीबारे समयसमयमा जिज्ञासा राख्ने गरेका थिए । त्यही कारण उनलाई प्रहरीले ‘रेड’ लिस्टमा राखेर निगरानी पनि गरिरहेको थियो । रोचक कुरा त मोहमद जसका लागि काम गर्थे, तिनै व्यक्ति इल्ताफ हुसेन अन्सारी चाहिँ २९ साउन २०७७ मा अपत्यारिलो तरिकाले पक्राउ परेका थिए ।

‘फेक करेन्सी किङ’ भनेर चिनिने अन्सारी नक्कली १५ किलो सुन बोकेर गाडीमा हिँडेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर उनीजस्तो आपराधिक दुनियाँका खेलाडी नक्कली सुन नै बेच्नुपर्ने अवस्थामा किन ५७ लाख खर्चेर चाँदीमा जलप लगाएर बोकेर हिँडे भन्ने प्रश्नको जवाफ प्रहरीले भेटेको थिएन ।

अझ इल्ताफ जस्तो खुंखार अपराधी बन्दाबन्दीको बेला किन आफैं गाडी चढेर ‘सुन’ लिएर भारत जान खोजे भन्ने प्रश्न पनि अनुत्तरित थियो । त्यसैले इल्ताफको सुनमा कनेक्सनलाई अपत्यारिलो मानिन्छ र उनले आफूलाई थ्रेट महसुस गरेका कारण पक्राउ पर्ने बाटो रोजेको हुनसक्ने विश्लेषणसमेत गरिन्छ ।

लामो समय जेल बसेर छुटेका युनुस अन्सारी पनि १० जेठ २०७६ मा रहस्यमय तरिकाले ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफैं नक्कली नोट लिन गएका बेला उनी समातिएका थिए ।

तर इल्ताफका लागि काम गरेका लाल मोहमद चाहिँ भारतीय खुफिया एजेन्सीको शिकार बनेको हुनसक्ने कतिपयको आशंका छ । यद्यपि, पछिल्लो समय नेपालबाट जाली नोटको कारोबार हुने गरेको नदेखिएको सुरक्षा अधिकृतहरु बताउँछन् ।

यस्तो अवस्थामा सोमबार लाल मोहमद मारिनुले के नेपालमा कुनै समूहले अहिले पनि सुषुप्तरुपमा जाली नोट करोबारको धन्दालाई चलाइरहेको छ ? भन्ने प्रश्न पनि उब्जाएको जानकारहरु बताउँछन् ।

नेपाल–भारत सुरक्षा मामिलाका एक जानकार भन्छन्, ‘यदी यसमा भारतीय पक्षको संलग्नता हो भने कुनै बलियो थ्रेट महसुस नगरी यो घटना भएको छैन, त्यसैले अहिले पनि कुनै समूह सक्रिय छन् कि भन्ने शंका गर्ने ठाउँ छ ।’

भारतविरुद्ध गतिविधि गरेको दाबीमा पेशेवर अपराधीको प्रयोगबाट फैजान अहमद, महमुद आलम, रमाशंकर यादवलगायत मारिएको इतिहास छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal