आज :

काठमाडौँमा ४ राउण्ड गोली प्रहारपछि टिचिङ पुर्याइएका व्यवसायीको उपचारका क्रममा मृत्यु !

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँको गोठाटारमा अज्ञात व्यक्तिको गो ली प्रहारबाट घाइते भएका व्यवसायीको मृत्यु भएको छ ।

काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गो ली लागी घाइते भएका सर्लाहीका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । उनी सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेका थिए ।

शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनी गार्मेन्ट सञ्चालक रहेको पनि प्रहरीले जनाएको छ । मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि गो ली प्रहार गरेका थिए ।

उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीको भनाइ छ । मोहम्मद १० वर्ष जेल परेर ५ वर्षअघि रिहा भएको पनि प्रहरीले जनाएको छ ।

केही स्थानीयहरूले उक्त स्थानमा तीन राउन्ड गो ली चलेको दाबी गरेका छन् । घटनापछि उक्त स्थानमा स्थानीयहरूको भीड नै लागेको थियो ।

अहिले प्रहरी टोलीले घटनास्थलको भीड तितरबितर पार्दै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal