आज :

अमेरिकी विश्लेषक नै भन्छन् – युक्रेनले रुसलाई पराजित गरेको छैन, पश्चिमा मिडियाको प्रचार गलत

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनले रुसलाई पछि धकेलेको भनेर पश्चिमा संचारमाध्यमहरुले समाचार प्राथमिकतासाथ सम्प्रेशण गरिरहेका बेला एक जना अमेरिकी विश्लेषकले भने त्यो लगत भएको बताएका छन् । उनले युक्रेनले रुसलाई पराजित गरेझैं गरी प्रचार बास्तविकता नभएको समेत बताए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही दिनदेखि युक्रेनले युद्ध जितेको झैं गरी बोलिरहेको र पश्चिमा संचारमाध्यमहरुले त्यसलाई मुख्य समाचार बनाइरहेका छन् ।

यही बेला एक अनलाइनमा अमेरिकी विश्लेषक ड्यानियल डेभिसले पश्चिमले जेलेन्स्कीको सफलताका विषयमा धेरै खुशी हुनुपर्ने कारण नभएको बताएका छन् । उनले युक्रेनको अहिलेको सफलताले समग्र युद्धको दिशालाई परिवर्तन गर्न नसक्ने समेत बताए । फोर्टीफाइभ डट्कममा डेभिसले युक्रेनले आश्चर्यजनक कारवाही चलाएर रुसलाई खार्किभमा पराजित गरेको नभई खार्किभबाट अधिकांश रुसी सैनिकहरू पहिले नै निस्किसकेको लेखेका छन् । उनले सो क्षेत्रमा स्वघोषित लुगान्स्क जनगणतन्त्रका योद्धा तथा रुसको नेसनल गार्डका जवानहरू मात्रै रहेको समेत बताए ।

डेभिसले रुसी सैनिकहरू खार्किभबाट भागेको भन्दा पनि योजनाबद्ध ढंगले डोनबास क्षेत्रतिर गएको बताए । रोयटर्स समाचार संस्थाले एकजना पश्चिमी अधिकारीलाई उद्धृत गर्दै तयार पारेको समाचारमा उल्लेख भएअनुसार, खार्किभबाट हट्नका लागि रुसी सेनाको शीर्ष कमान्डबाट आदेश आएको हुन सक्छ । यसलाई रुसी सेना धराशायी भएको भन्न मिल्दैन । यसलाई युक्रेनले युद्ध नै जितेसरी पश्चिमी सञ्चारमाध्यमहरूले प्रस्तुत गरिरहेका छन् । रुसले सयौं ट्यांकहरू, हजारौं मृतक र घाइतेहरू अनि दशौं हजार सैनिकहरू छोडेर भागेको समाचारहरू पनि आइरहेका छन् । तर वास्तविकता त्यसभन्दा फरक भएको बताइएको छ ।

ती अधिकारीले अर्को महत्वपूर्ण कुरा पनि गरेका छन् । युक्रेनको सफलता नाटकीय देखिन्छ किनकि उनीहरूले व्यापक भूभाग फिर्ता लिएका छन् । तर रुसीहरूले प्रतिरक्षा गर्नुपर्ने क्षेत्रको दायरा घटाएर सही सामरिक निर्णय लिएका छन् । त्यसका लागि उनीहरू नियन्त्रणमा लिइएका भूभाग त्याग्न पनि तयार देखिन्छन् । रुसले तत्कालै ती भूभाग फिर्ता लिनका लागि कारवाही चलाउने सम्भावना नरहेको ती अधिकारी बताउँछन् । रुसले पूरै युक्रेन कब्जा गर्न भन्दा पनि डोनबास क्षेत्रका रुसी भाषीहरूलाई दमनबाट मुक्त गर्न अनि युक्रेनको असैन्यीकरण तथा नाजी विहीनीकरण गर्नको लागि विशेष सैन्य कारवाही गरेको बताउँदै आएको छ ।

रुस पछि हटेपनि क्राइमियासम्मको स्थलमार्गलाई रुसले सजिलै परित्याग नगर्ने विश्लेषकहरुले बताएका छन् । रुसी सेनालाई युक्रेनी फौज र पश्चिमा देशले पठाएका लडाकुले इज्युमबाट दक्षिणमा रहेको सिभेर्स्की डोनेट्स नदी तर्न अवरोध पुर्याउँदै आएका थिए । उनीहरु दक्षिणतिर रहेको घना शेरवूड जंगलबाट रुसी सैनिकमाथि हमला गरिरहेका थिए । ठूलो क्षति बेहोरेर इज्युम शहरलाई प्रतिरक्षा गरेर बस्नुमा कुनै रणनीतिक लाभ नहुने निष्कर्षसहित रुसी सेना पछि हटेको बेलायती सैन्य विश्लेषक अलेक्जेन्डर मर्कुरिस बताउँन् ।

त्यसैगरी अस्ट्रियाली सेनाका कर्नेल तथा सैन्य मामिला विशेषज्ञ मार्कस राइसनरले आफ्नो यूट्युब भिडियोमा युक्रेनले यस प्रत्याक्रमणका लागि ६ ब्रिगेड सैनिक उपयोग गरेको बताएका छन् । एक ब्रिगेडमा चार हजार जति सैनिक हुन्छन् । युक्रेनले यस आक्रमणमा एक ब्रिगेड सैनिक गुमाएको अनुमान गरिन्छ । युक्रेनी सैनिकहरू रुसको आर्टिलरीले निशाना बनाउने स्थानमा पुगेर सखाप भएका हुन् । त्यसमाथि रुसी वायुसेनाले युक्रेनका सयौं ट्यांक र सशस्त्र वाहनहरूलाई ध्वस्त बनाएको छ । आफ्ना हजारौं सैनिकहरूको बलिदान दिँदै युक्रेनले पश्चिमी सञ्चारमाध्यममा सफलताको प्रचारबाजी गर्ने अवसर पाएको छ ।

युक्रेनको यो प्रचारबाजी जितको प्रचार प्रचारबाजी पश्चिमबाट थप हातहतियार लिने उद्देश्यले गरिरहेको बताइएको छ । विश्लेषकहरुको अनुमानसँगै युक्रेनी प्रचारकै कारण अमेरिकाले थप ६० करोड डलर बराबरको सुरक्षा प्याकेज दिने हालै घोषणा गरेको छ । उक्त व्याकेजमा हातहतियार रहेको अमेरिकी परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । सीएनएनका अनुसार, यस प्याकेजमा हिमार्स रकेट प्रणालीका लागि थप गोलीगट्ठा पनि परेको छ । हिमार्समार्फत युक्रेनले रुसका विभिन्न कमान्ड पोस्टहरूमा प्रहार गरिरहेको छ ।

प्याकेजमा दशौं हजार आर्टिलरी गोलीगट्ठा र सैन्य ड्रोनहरू पनि छन् । अजि जाडोमा लड्नका लागि उपयोगी हुने पोशाक र नाइट भिजन डिभाइस पनि उक्त प्याकेजमा रहेको बताइएको छ । तर, यसको जवाफ रुसले कडा रुपमा फर्काउने संकेत गरेका छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो त्यहाँ सानो टुकडीले लडिरहेको र हतियार पठाइरहे पूर्ण क्षमताको सैन्य कारवाही गर्न बाध्य हुने बताइसकेका छन् । पुटिनले युक्रेन मिशनमा कुनै फेरबदल नहुने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal