आज :

पुटिनको पछिल्लो चेतावनी- पश्चिमाहरुले युक्रेनमा हतियार-लडाकु पठाइरहे पूर्ण क्षमतको युद्ध

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो सेनाको सानो टुकडीले मात्रै लडिरहेको बताएका छन् । उनले पश्चिमा देशहरुले हतियार र लडाकु पठाइरहे पूर्ण क्षमतको सैन्य कारवाही गरिने चेतावनी समेत दिए । “त्यहाँ हाम्रो सानो सैन्य टुकडीले लडिरहेको अहिलेजस्तै हतियार र लडाकु पठाइरहे पूर्ण क्षमताको कारवाही गर्न बाध्य हुने छौं । हामीलाई कुनै हतारो छैन, डोनबासमा हाम्रो अपरेशन रोकिएको छैन । हाम्रा सेना अगाडि बढिरहेका छन् । धेरै तीव्र गतिमा होइन तर उनीहरूले क्रमशः धेरै र अधिक क्षेत्र नियन्त्रणमा लिइरहेका छन्” पुटिनले भने ।

“म के स्मरण गराउन चाहन्छु भने रुसी सेना पूर्ण रूपमा लडिरहेको छैन, केवल व्यावसायिक सेना मात्र लडिरहेको छ । अहिलेसम्म हामीले युद्धको घोषणा गरेका छैनौं, विशेष सैन्य कारवाही मात्रै गरिएको हो । यसलाई हाम्रो सैन्य सामथ्र्यको रुपमा लिनु ठूलो भुल हुनेछ” पुटिनले भने ।

पुटिनले युक्रेनी प्रत्याक्रमण गरेपनि आफ्नो योजनामा कुनै परिवर्तन नहुने बताएका छन् । युक्रेन मामिलामा पहिलेकै योजना कायमै रहने बताए । युक्रेनले रुसी सेनाले कब्जामा लिएका धेरै भूभाग फिर्ता लिएको घोषणा गरिरहेको बेला पुटिनको यो भनाई आएको हो । युक्रेनले रुसी सेना पछि हटेको बताएको छ भने रुसले पूर्वी मोर्चालाई बलियो बनाउन केही स्थानबाट सेना फिर्ता भएको बताएको छ । युक्रेनी फौजले खार्किभको ८ हजार वर्ग किलोमिटरभन्दा बढी भू–भाग आफ्नो नियन्त्रणमा आएको बताएको छ ।

पूर्वी युक्रेनको औद्योगिक डोनबास क्षेत्रमात्रै रुसी नियन्त्रण केन्द्रित रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएको बेला पुटिनको भनाई सार्वजनिक भएको हो । पूर्वी युक्रेनमा रुसी भाषीेहरूको आम नरसंहार रोक्न सैन्य कारवाही गरेको रुसले बताउँदै आएको छ । डोनबासका केही भागहरू सन् २०१४ देखि रुसी–समर्थित विद्रोहीको कब्जा गरेका छन् ।

पुटिनले युक्रेनमा कारवाही सुरु गरेपछि पहिलो समरकन्दमा साङ्घाइको–अपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग समग्र विश्व राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए । दुबै नेताले पश्चिमाहरुसँग मिलेर मुकाबिला गर्न सहमत भएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा सामारिक क्षेप्यास्त्र प्रहार नगर्न भनेका थिए । उनको यो भनाइले रुसी क्षेप्यास्त्रको शक्ति अमेरिकाले स्वीकार गरेको बताइएको छ । रक्षाविज्ञहरुका अनुसार रुसले त्यस्ता सामरिक हतियारको युक्रेनमा प्रयोग नगरेको प्रमाण बाइडनको भनाई भएको समेत बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal