आज :

हिजो चिप्लिएर खोँचमा खसेका सिवाकोटीले आज बिहानै हात हल्लाएपछि….

  • अनलाइन डबली

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा रहेको नाकुटे हेलम्बु खोलामा नुहाउने क्रममा चिप्लिएर खोँचमा अड्किएका शिक्षक केशव सिवाकोटीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ ।

सिवाकोटी हिजो नुहाउने क्रममा चिप्लिएर १ सय पचास मिटर तल खोँचमा अड्किएका थिए । आज बिहानै खोजतलासको क्रममा उनी जिवितै रहेको एकिन भएपछि सेनाको हेलिकोप्टर मगाएर उद्धार गर्ने प्रयास भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रामेश्वर यादवले जानकारी दिए ।

स्थानीयले हिजो साँझदेखि खोजतलास गरिरहेको भए पनि आज विहान मात्र उनलाई नाकुटेको खोँचमा हात हल्लाइरहेको अवस्थामा देखेका थिए ।

मानिस उक्त स्थानमा गएर उद्धार गर्न असम्भव भएपछि सेनाको हेलिकोप्टर मगाइएको प्रहरी उपरिक्षक यादवले बताए । उता विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ ।

उत्तरी मुम्बइस्थित सेन्ट म्यारीज इंगलिस हाइ स्कुलक २६ वर्षीय शिक्षिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा स्टाफ रुममा जान छैठौं तलामा पर्खिरहेका थिइन ।

लिफ्टमा छिर्नेबित्तिकै उनको ढोका बन्द भएको थियो । ‘उनी लिफ्टमा छिर्दा ढोका बन्द भयो र लिफ्ट चल्न थाल्यो, र उनी अड्किइन’, प्रहरी उपआयुक्त विशाल ठाकुरले भने।

विद्यालयका कर्मचारीले उनलाई मद्दत गर्न पुगेका थिए । उनलाई गम्भीर अवस्थामा लिफ्टबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल पु¥याउने वित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal