आज :

‘पहिले सोच्न पर्थ्यो नि’ भन्दै बाबुरामलाई बालेनले फर्काए यस्तो कडा जवाफ, सामाजिक सञ्जालमा भाइरल

  • अनलाइन डबली

काठमाडौं । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।

उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’

नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए ।

त्यस सम्बन्धी समाचार बाबुरामले सेयर गरेका छन् । त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् । समाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

के भनेका थिए बाबुरामले ?
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् ।

पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डा. भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ्न बालेनसँग आग्रह गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले शुक्रबार बिहान एक ट्वीट सन्देशमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ।’

मेयर बालेनसँग बाबुरामको माग छ, ‘अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal