आज :

जेलेन्स्कीको गृहनगरमा रुसद्वारा एकैपटक ८ वटा क्षेप्यास्त्र प्रहार, बाँध फुट्यो र खानेपानीको हाहाकार

  • अनलाइन डबली

काठमाडौँ । रुसले दक्षिणी युक्रेनमा एकै पटक ८ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेनी सेना पश्चिमा देशका लडाकुसँगै सो क्षेत्रमा रहेको मुख्य बाँधलाई आधार बनाएर संगठित भएपछि क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ । एक क्षेप्यास्त्र जलासाय क्षेत्रमा खस्दा बाँधको फुटेर पानी बाहिर निस्किएको र बाढीको खतरा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

नगर प्रमुख ओलेक्सान्डर भिल्कुलका अनुसार क्रिभी रिहको दुई जिल्लाका करिब २२ वटा बस्ती बाढीको खतरामा रहेका छन् । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक) को गतिमा पानी ओइरिएको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको भिल्कुलले बताएको समाचारमा उल्लेख गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले काराचुनिभ्स्के जलाशयमा रुसी क्षेप्यास्त्र प्रहारबाट बाँध उच्च जोखिमा रहेको पुष्टि गरेका छन् । जेलेन्स्कीले रुसी सैनिकले गैरसैनिक इलाकामा हमला गरेको भन्दै कायरको संज्ञा दिए । उनले युद्ध मैदानमा हार्दै गएपछि सो क्षेत्रमा हमला गरेको आरोप समेत लगाए । तर, रुसी संचारमाध्यमहरुले युक्रेनी फौजले भौतिक संरचना, मानव बस्तीलाई ढाल बनाइरहेकोले हमला भएको बताएका छन् । यसबारे रुसले आधिकारिक रुपमा केही बताएको छैन ।

यसबाट खानेपानी आपूर्ति प्रभावित भएको स्थानीय अधिकारीहरुले बताएका छन् । साथै, सो क्षेत्रमा संगठित भइरहेका युक्रेनी सेना तितरवितर भएका छन् । उनीहरु बाँधलाई आधार बनाएर नयाँ मोर्चा तयार गरिरहेको बताइएको छ । पश्चिमा देशले दिएका मिसाइल सिस्टम सो क्षेत्रमा तैनाथ र हतियार भण्डार गरेपछि रुसले भिषण हमला गरेको बताइएको छ । यसअघि शहरमा ६ लाखभन्दा धेरै जनसङ्ख्या थियो तर अहिले धेरै जसो रुसतिर र केही पलायन भइसकेका छन् । उता विजुली आपूर्ती बन्द हुँदा पूर्वी युक्रेन अन्धकारमय छ ।

युक्रेनले पछिल्ला दिनमा रुसी सेनालाई पछि धकेलिरहेको विवरण सार्वजनिक पश्चिमा संचारमाध्यमहरुले गरेका छन् । युक्रेनले उत्तरपूर्वी खार्किभका केही बस्तीलाई पुनः फिर्ता ल्याएको बताएको छ । देशभर रुसी सेनाबाट ३ हजार किलोमिटर भूमी फिर्ता ल्याएको युक्रेनले दाबी गरिरहेको छ । जेलेन्स्की फिर्ता ल्याएका भनिएका क्षेत्रमा पुगेर आफ्नो सैनिकलाई बधाई दिइरहेका छन् । उनले देशका हरेक सहर तथा गाउँमा युक्रेनी झन्डा फेरि फहराउने उनले वाचा गरे । अझैपनि रुसले युक्रेनको पाँच भागको एक भागमा नियन्त्रण गरिरहेको युक्रेनले स्वीकार गरेको छ ।

रुसले आफ्नो सैन्य कारवाही सुरुमा तय गरिएका सबै उद्देश्य पूरा नभएसम्म कारवाही जारी रहेन बताएको छ । रुसको ताजा बनाइसँगै केही बस्ती छोडेपनि रुस थप शक्ति पठाएर अघि बढ्ने देखिएको बताइएको छ । दक्षिणी खेरसनमा नेटो र ईयूले दिएका हतियार र लडाकुसहित युक्रेनले रुसी सैनिकमाथिको हमला जारी राखेपनि सफलता भने पाउन सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal