आज :

अनावश्यक टिप्पणीमा नउत्रिन एल्डर राम सुनारलाई जनप्रगतिशील मोर्चा कुवेतको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा कुवेतले चर्चको जग्गा सम्बन्धि भएको विवादबारे अनावश्यक टिकाटिप्पणी नगर्न सिनै नेपाली चर्च कुवेतका एल्डर राम सुनारलाई चेतावनी दिएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा कुवेतका अध्यक्ष विकल्प र महासचिव सुरेशले बिहिबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

नेपाली स्वतन्त्र चर्चको तर्फबाट नेपाली जन प्रगतिशील मोर्चा कुवेतसामु चर्चको जग्गासम्बन्धि भएको विवादको बारेमा निवेदन परेको र त्यही निवेदनको आधारमामा सङ्गठनको तर्फबाट बिकल्पलाई जिम्मा दिएको तर निवेदन सङ्गसम्बन्धित निकाएका व्यक्तिसङ्ग सोधपुछ गर्ने क्रममा सिनै नेपाली चर्च फेलोशिप कुवेतका एल्डर राम सुनारले अनावश्यक टिकाटिप्पणीमा उत्रिएको मोर्चाले जनाएको छ ।

त्यति मात्रै नभई एल्डर सुनारले उच्छृङ्खल हर्कत समेत देखाएको र कुवेत मोर्चाको तर्फबाट १० अगस्ट २०२२ मा उनलाई ९ बुँदे स्पष्टीकरण २४(चौबीस) घण्टाको समय दिएर सोधिएको बताएको छ ।

तर त्यसको जबाफ दिनुको सट्टा उल्टै सुनारले दरिद्रता प्रस्तुत गरेको भन्दै मोर्चाले यस्तो हर्कत तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

‘कुनै संघसंस्था, सङ्गठन, घरपरिवार समाज इत्यादि क्षेत्रमा समस्या आए त्यहाँ भित्रकै जिम्मेवार व्यक्तिहरु मिलेर छलफल र संवादको माध्यमबाट समस्याको समाधनको लागि अरुसंग सयोग मागेको खण्डमा सबैले आफ्नो-आफ्नो क्षेत्रबाट सिमामा रहेर हेर्न सक्छ्न भन्ने समेत हेक्का नभएका मनुवाले अरु संघसंस्था, संगठन र पार्टीहरुको हैसियतको बारेमा कुरा गर्नु आफैमा लज्जास्पद मानसिक सन्तुलन गुमाए सरह हो ।’ बिज्ञप्तिमा भनिएको छ ।

साथै अब आउँदा दिनमा यस्ता हर्कत र गतिहरु नदोहोर्याउन मोर्चाले सुनारलाई सचेत गराएको छ । ‘अब आउदा दिनहरुमा यस्ता गल्ती नदोहोर्‍याउन र कुनै पनि संघसंस्था, समाज र संगठनको जिम्मेवार यक्तिहरको बारेमा अनावश्यक नकारात्मक टीकाटिप्पणी नगर्न जनप्रगतिशील मोर्चा कुवेतले सिनै नेपाली चर्च फेलोशिप कुवेतका एल्डर राम सुनारलाइ गहिरो ध्यानाकर्षण गराएको छ।’ बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal