आज :

बालेनको अर्को निर्णयः काठमाडौंमा धुम्रपान र सुर्ती-गुट्खा सेवन गर्न प्रतिबन्ध, अटेर गर्नेलाई कारवाही

  • अनलाइन डबली

काठमाडौं । अब काठमाडौंमा धुम्रपान, सुर्ती-गुट्खा सेवन गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरेर असोज १ गतेदेखि धुम्रपान निषेध गरेको छ ।

महानगरपालिकाले विहीबार जारी गरेको सूचना अनुसार असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न नपाइने भएको हो । सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह समेत गरेको छ ।

काठमाडौं महानगरपालिकाले कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउने बताएको छ । साथै सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ । सूचना अटेर गर्नेलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएको जरिवाना हुने उल्लेख छ ।

“प्रचलित कानुन, सदाचार र सार्वजनिक हित तथा भलाईको दृष्टिले सार्वजनिक स्थललाई धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन काडमाडौँ महानगरपालिकाबाट सूचना जारी गरिएकाले यो सूचनाको उलंघन गरेमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने एन २०६८ समेतका आधारमा कानुन उलंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवाना समेत हुने ब्यहोरा सूचित गरिन्छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ महानरपालिका महानगरबासीमा विशेष आह्वान गर्दछ” सूचनामा भनिएको छ ।

मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिलेर बनाइएका संरचना भत्काएर चर्चा पाएका मेयर बालेन शाहको यो निर्णयले पनि चर्चा पाउने बताइउको छ । गुट्खा तथा सुर्ती सेवनले सार्वजनिक स्थल फोहोर हुँदै गएको गुनासो आइरहेको बेला महानगरले यो निर्णय गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal