आज :

१८४ यात्रु बोकेर जापान उडेको नेपाल एयरलाइन्सको जहाजमा धुवाँ निस्किएपछि….

  • अनलाइन डबली

काठमाडौं । जापानको लागि उडेको नेपाल एयरलाइन्सको विमानमा धुवाँ निस्किएको छ । बुधबार राति काठमाडौंबाट जापानको नारिता उडेको विमानमा धुवाँ निस्किएको हो । विमानमा धुवाँ देखिएपछि पाइलटले आधा घण्टामै काठमाडौंमै फर्किएका थिए ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । धुवाँ देखिएपछि पाइलटले जहान पुनः काठमाडौं डाइभर्ट गरेका थिए । जहाज पुनः त्रिभुवन विमानस्थलमै अवरण गरेर यात्रुलाई ओरालिएको थियो ।

विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज १८४ यात्रु बोकेर बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उड्ने तयारी छ । जहाज पुनः काठमाडौं नै डाइभर्ट भएपछि यात्रुहरु डराएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal