आज :

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापालाई नियुक्त गर्ने निर्णय

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुतराज थापालाई नियुक्त गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गरेको भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

राष्ट्रिय अनुसन्धान विभाग​का प्रमुख यदुलाल खरेलले मंगलबारबाट अवकाश पाउँदै छन् । नवनियुक्त प्रमुख थापाले भदौ २९ बाट कार्यभार समाल्नेछन् ।

थापासँग प्रमुख बन्ने प्रतिस्पर्धामा ओम जोशी थिए । सरकारले वरिष्ठतम् अतिरिक्त मुख्य अनुसन्धान निर्देशकलाई प्रमुखमा नियुक्त गरेको हो ।उनले ३ वर्ष अनुसन्धान विभागको नेतृत्व गर्नेछन् ।

उनि कार्यसम्पादनमा अब्बल अधिकृतको रुपमा परिचित छन् । त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई बढुवा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal