आज :

अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिवानले उडाउन खोज्दा…..

  • अनलाइन डबली

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले भने, ‘दुर्घटनामा पाँच जना घाइते भएका छन् ।‘

तालिबानले एक वर्षअघि अमेरिकामा निर्मित केही विमानहरू आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिका छोडेका कति हेलिकोप्टर सञ्चालित छन् भन्ने यकिन हुन सकेको छैन । अमेरिकी सेनाहरूले जानाजानी केही सैन्य हार्डवेयरलाई क्षति पुर्याएका थिए ।

यसैबीच अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् । आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ ।

पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरूले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै र्याली निकालेका थिए ।

“आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका छन्,” प्रदर्शनका एक प्रत्यक्षदर्शीले भने । स्थानीय सरकारले यसअघि कक्षा छ भन्दा माथि पढ्न दिने र त्यसका लागि विद्यालयहरु खुल्ला गर्ने निर्णय गरेको थियो, तर त्यो निर्णय पनि केही समयपछि उल्ट्याइएको थियो ।

विद्यालय तत्काल खुल्ला गर्न र छात्रालाई पनि अध्ययन अध्यापन गर्ने वातावरण बनाउन अधिकारवादीहरुले दवाव दिदै आएका छन् ।

देश भित्रका र देश बाहिरका अधिकारवादीहरुको पटक पटकको दवावका आधारमा तालिवान सरकारका अधिकारीहरुले विद्यालय तत्काल खुल्ने र छात्रालाई पनि पढ्न दिने आश्वासन दिने गरेपनि व्यवहारमा भने अझै पनि आलटाल गर्दै आएका छन् ।

तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिलाहरुलाई अध्ययन, अध्यापन र रोजगारी गर्न प्रतिवन्ध लगाइएको छ । उनीहरुलाई घर बाहिर निस्कँदा पनि एक्लै नहिड्न आदेश दिइएको छ ।

तालिवान सरकारले मुस्लिम कानुनअनुसार सरकार चलाउने प्रयास गरिरहेको छ भने त्यसका विरुद्धमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेको छ ।

उता पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।

भूकम्पले ठूलो क्षति पु–याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराईमा गएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal