काठमाडौँ । रुसी सेनाले कब्जा गरेको क्षेत्र फिर्ता लिन भन्दै अगाडि बढेको युक्रेनी फोर्सका चार हजार सेनाको मृत्यु भएको छ । पश्चिमा देशले दिएका हतियार र लडाकुसहित युक्रेनी फौज भूमि फिर्ता गर्ने भन्दै रुसी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा जान खोजेका थिए । पछिल्ला दिनमा युक्रेनले रुसी सेनाले कब्जा गरेको ३ हजार वर्गकिलोमिटर भूमि फिर्ता लिएको दाबी गरेको थियो ।
रुसी रक्षा मन्त्रालयले सेप्टेम्बर ६ देखि ११ सम्ममा पत्याक्रमणको लागि भन्दै आएका २ हजार युक्रेनी सेना रुसी कार्बाहीमा मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युक्रेनी फौजका ४ हजार सेनाको मृत्यु हुनाका साथै ८ हजार सेना घाईते भएको बताइएको छ । यस क्रममा दर्जनौँ रकेट प्रहार गर्ने यन्त्र, गाडी, हेलिकप्टर र ड्रोनहरु समेत नष्ट गरिएको रुसले बताएको छ ।
गुमेको भूमि आफ्नो फौजले पुनः फिर्ता ल्याएको भन्दै खुशीका साथ भिडियो सन्देश गरिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई पछिल्लो क्षतिले झट्का लागेको बताइएको छ । तीब्र गतिमा अगाडि बढेको युक्रेनी सेना केही सुस्त भएको छ । उसले पुनः कब्जामा लिएको भनिएको शहरमध्येको एक बालाकलिया वरपर भीषण लडाइँ भइहरहेको बताइएको छ । रुसी सेनाको हमलामा परी युक्रेनी फौजले प्रयोग गरेका भवनहरू ध्वस्त भएका छन् भने सडकहरू मुख्यतया सुनसान छन् ।
यसैबीच रुसले खार्किभतर्फ सुदृढ आक्रमण केन्द्रित गरिरहेको बताएको छ । त्यसको लागि उसले डोनेट्स्कमा थप सैगनिक पठाएको छ । उच्च सैनिक कमाण्डर त्यहाँ पुगेको बताइएको छ । युद्धकला राम्रो भएका कमाण्डर त्यहाँ पुगेपछि लडाइँ थप भिषण बन्ने देखिएको छ ।
रुस र युक्रेनबीच युद्ध शुरु भएको दुई सय दिन पूरा भइक्सदा पनि लडाइँ झन् भिषण बन्दै गएको छ । कोरिया युद्धको रुप ‘पश्चिमा देशहरु भर्सेस रुस’ जस्तो देखिएको छ । पश्चिमा देशहरुले सैन्य अस्त्रसहित लडाकु पठाइरहेका छ्न । उनीहरुले कुनै पनि हालतमा रुसलाई जित्न नदिने घोषणा नै गरेका छन् भने उता रुस आफ्नो मिसन पूरा गरेरै छोड्ने बताउँदै आएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरुको प्रतिबन्धले आफ्नो देशलाई कुनै असर नपरेको बताउँदै त्यसले उनीहरुनै संकटमा परेको बताएका छन् । यसैबीच युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
रूसको आक्रमणविरुद्ध युक्रेनको लडाईंको गतिले मस्कोको सेनालाई सतर्क बनाएको छ, जसले रूसले महिनौं अघिदेखि नियन्त्रण गरेको क्षेत्र युक्रेनको पक्षमा ल्याएको छ ।