आज :

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर, हेर्नुहोस् पत्रसहित

  • अनलाइन डबली

काठमाडौँ । नेपाल र चीनबीच अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सभामुख अग्नि सापकोटा र चीनको जनकंग्रेसको तर्फबाट ली चान्शुले ६ बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन्। चान्शु आजै तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका थिए।

नयाँ बानेश्वर स्थित संसद भवनमा भएको भेटमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, संसदीय मैत्री समूहहरूको संलग्नता अभिवृद्धि गर्ने, एकअर्काको विधायकी सुपरिवेक्षकीय र शासन सञ्चलान सम्बन्धी अभ्यासबारे जानकारी आदान प्रदान गर्ने लगायतका विषयमा समझदारी भएको हो।

समझदारीमा बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ।

समझदारी आगामी पाँच वर्षसम्म मान्य हुनेछ। समझदारीले नेपाल र चीनबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास दुबै देशले लिएका छन्।

६७ जनाको टोलीसहित ली नेतृत्वको टोली सोमबार अपराह्न विशेष विमानबाट काठमाडौँ आइपुगेको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लीलाई सभामुख अग्निप्रसाद सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेकाथिए ।

नेपाल भ्रमणका क्रममा लीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal