आज :

युक्रेनी फौजले खेरसनमा आफ्नो देशको झण्डा गाडे, पूर्वी मोर्चालाई बलियो बनाउँदैँ रुसी सेना

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनले रुसी सेनाको कब्जाम रहेका केही क्षेत्रहरु पुनः फिर्ता ल्याएको बताएको छ । उसले आफूले गुमाएको ३ हजार वर्गकिलोमिटर भूमि फिर्ता लिएको बताएको छ । युक्रेनको दाबी स्वतन्त्ररुपमा पुष्टि हुन सकेको छ छैन तर रुसले पनि आफ्नो सेना केही क्षेत्रबाट पछि हटेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार साँझ १ हजार वर्गकिलोमिटर र शनिवार साँझ २ हजार वर्गकिलोमिटर भूमि पुनःप्राप्ति गरेको बताएका थिए । फिर्ता गरिएका भनिएका क्षेत्रमा संचारकर्मीलाई जान रोक लगाइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सैनिकहरू पूर्वी युक्रेनका महत्वपूर्ण सहरहरूबाट पछि हटेका छन् । युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेना शनिवार कुपियान्स्क सहरमा प्रवेश गरेको छ । रुसी फौजका लागि सामान आपूर्ति गर्न उक्त सहर निकै महत्वपूर्ण मानिन्थ्यो । रुसी रक्षा मन्त्रालयले आफ्नो सेना फेरि सङ्गठित हुनका लागि नजिकै रहेको इन्ज्यूमतिर गएको जनाएको छ ।

रुसले तेस्रो महत्वपूर्ण सहर बालाक्लियाबाट पनि आफ्ना सैनिकहरू फिर्ता भएको पुष्टि गरेको छ । डोनेट्स्कको मोर्चालाई बलियो बनाउन त्यहाँबाट सैनिकहरू फिर्ता भएका हुन् । पश्चिमा देशले दिएका हतियार र लडाकु ठूलो भिषण हमला गर्दै अघि बढेपछि रुसी सेनाले स्वतन्त्र राज्य घोषणा गरिएका क्षेत्रको मोर्चालाई बलियो बनाउन लागेको बताइएको छ ।

यदि युक्रेनले आफू अगाडि बढेको ठाउँलाई नियन्त्रणमा राख्न सक्यो भने एप्रिल महिनामा किएभवरपरबाट फिर्ता भएको घटनापछि यो सबैभन्दा उल्लेखनीय उपलब्धि हो । शनिवार राति भिडिओबाट सम्बोधन गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो महिनाको आरम्भतिर प्रत्याक्रमणको कारबाही सुरु भएपछि युक्रेनले २ हजार वर्ग किलोमिटर क्षेत्र रुसको नियन्त्रणबाट मुक्त गरेको दाबी गरेका छन् । बिहीवारको सम्बोधनमा उनले भनेकोभन्दा यो दुईगुना क्षेत्र हो। इज्यूमबाट आफ्नो सेना फिर्ता भएको रुसको घोषणा पनि महत्वपूर्ण छ । उक्त सहर रुसका लागि एउटा मुख्य सैन्य केन्द्र बनेको थियो । तीन दिन लगाएर इज्यूम–बालाक्लियाबाट सैनिकहरूलाई डोनेट्स्क सारिएको रुसी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रुसी सैनिकहरूतर्फ क्षति हुन नदिन शत्रुपक्षलाई हराइएको दाबी रुसले गरेको छ । त्यसको केही समयपछि खार्किभमा रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूको प्रशासक स्थानीयवासीहरूलाई ज्यान जोगाउन रुसतिर जान भनेको रुसको सरकारी समाचारसंस्था तासले जनाएको छ ।
नजिकै रुसपट्टि रहेको बेल्गोरोड क्षेत्रका गभर्नरले सीमा पार गर्न पालो कुरिरहेका मानिसलाई सहयोग गर्न खानेकुरा, ताप र औषधिको व्यवस्था गरिएको जनाएका छन् । रुसले युक्रेनका सबै नागरिकलाई आफ्नो देशका नागरिकता दिने निर्णय गरिसकेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीलाई नागरिकता दिने सम्बन्धी कानुनमा हस्ताक्षर गरेपछि हजारौं युक्रेनीहरु गएको बताइएको छ ।

युक्रेनी सेनाको दक्षिणी कमान्डका प्रवक्ता नाटालिया गुमेन्युकका अनुसार उक्त मोर्चामा आफूहरूले दुईदेखि दर्जनौँ किलोमिटर परसम्म प्रत्याक्रमण गर्दै अघि बढेको छ । तर दक्षिणी मोर्चामा भने युक्रेनी सेना अगाडि बढ्न सकेको छैन । खार्किभमा शनिवार भएको रुसी रकेट हमला गरेको र उक्त हमलाबाट युक्रेनी फौजको क्षति भएको बताइएको छ । युक्रेनी फौजले प्रयोग गरेका केही संरचनाहरु पनि ध्वस्त भएको स्थानीय अधिकारीहरूले बताएकाछन् ।

यसैबीच युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको कुपिआन्स सिटी हलमा देशको झण्डा ठड्याएको भिडियो र फोटो सार्वजनिक गरेको छ । त्यसअघि त्यहाँ रुसी झण्डा गाडिएको थियो । युक्रेनले केही बस्ती फिर्ता गरेसँगै अमेरिकी र जर्मनका विदेशमन्त्री किभ पुगेका छन् । अमेरिकी विदेशमन्त्री फर्के लगत्तै जर्मन विदेशमन्त्री आनालिना बेअरबुक शनिवार अचानक किभ पुगेकी थिइन् । उनले युक्रेनी प्रतिरक्षाको लागि बर्लिनको प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal