आज :

पाकिस्तानको नाम लिदै लडाकु विमानबारे अमेरिकाले यस्तो निर्णय गरेपछि हल्लियो भारत, तनावमा मोदी

  • अनलाइन डबली

काठमाडौँ । लडाकु विमान मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई गरेको सहयोगप्रति भारतले आपत्ति जनाएको छ।

लडाकु विमान एफ-१६ मर्मतका लागि अमेरिकाले पाकिस्तानलाई ४ सय ५० मिलियन डलर सहयोग स्वीकृति गरेकोप्रति भारतले आपत्ति जनाएको हो।

दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुसँग यस निर्णयको सारबारे छलफल गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

भारतले लुसहित अमेरिकी उच्च अधिकारीहरूसँग द्वीपक्षीय छलफल गर्दा अमेरिकी सरकारले उक्त सहयोग स्वीकृति गरेको हो। लुसहित अमेरिकी उच्च अधिकारीहरूसँग भारतले सेप्टेम्बर ७ मा छलफल गरेको थियो।

सन् २०१८ मा डोनाल्ड ट्रम्प प्रशासनले पाकिस्तानका लडाकु विमान मर्मतका लागि दिन लागेको सहयोगलाई खारेज गरेको थियो। बाइडेन प्रशासनले विमान मर्मतका लागि सहयोग स्वीकृत गरेपछि भारतले असन्तुष्टि जनाएको हो।

अमेरिकाले उक्त सहयोग पाकिस्तानको सैन्य क्षमता विस्तार वा नयाँ हतियारका निम्ति नरहेको बताएको छ। आफ्नो मुलुकको सुरक्षा संवेदनशिलताको ख्याल नराखी अमेरिकाले पाकिस्तानलाई सहयोग गरेको भन्दै भारत रूष्ट बनेको हो।

यसैबीच पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एक र्‍यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य आकाशबाट फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

खराब मौसमका कारण खानको विमान उडेको केही समयपछि पुनः इस्लामावाद फर्किएको थियो । विमानमा प्राविधिक समस्या देखिएको डेली पाकिस्तानले जनाएको छ । तर, विमानमा प्राविधिक त्रुटि देखिएको भन्ने विवरण गलत भएको पीटीआई नेता खानले बताएका छन् ।

उक्त पत्रिकाका अनुसार विमान चालकले कन्ट्रोल टावरमा सम्पर्क गरेपछि सुरक्षित ढंगले विमान अवतरण गरेका थिए । आकस्मिक अवतरणपछि खान आफ्नो पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएका थिए ।

गुजरानवालाको र्‍यालीमा बोल्दै अध्यक्ष खानले वर्तमान सरकारका कारण देशको अर्थतन्त्र खस्किएको आरोप लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal