आज :

मुम्बईमा यस्तो अवस्थामा भेटिए बुटवलबाट बेपत्ता भएका तीन बिद्यार्थी

  • अनलाइन डबली

बुटवल । रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्किए सँगै बेपत्ता भएका तीन जना बालक भरतको मुम्बईमा फेला परेका छन् ।

बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल मुम्बइबाट आफन्तले सम्पर्कमा आएका हुन् ।

बालकहरू भारतको मुम्बईमा भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए । उनीहरू बुटवल-११ देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् ।

शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खोजतलासको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आफन्तहरूले दिएका थिए ।

पौडेलका मामा राजु पन्थीले बच्चाहरू अपहरण गरेर बन्धन भएको आशङ्का गरेका थिए । उनले भान्जा पौडेलसँग भएको फेसबुक च्याटमा कुरा गर्दा कसैले तिनाउ पुलमा लगेर केही वस्तु सुँघाएपछि अहिले कोठामा राखेको तर कुन कोठा कहाँ भन्ने आफूहरूले पत्ता नपाएको बताएको जानकारी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal