आज :

देश नै हल्लाउने गरी ७‍.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो, यस्तो छ प्रारम्भीक क्षति

  • अनलाइन डबली

काठमाडौं । देश नै हल्लाउने गरी शक्तिशाली भूकम्प गएको छ । यो समाचार पपुवा न्यु गिनीको हो । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।

भूकम्पले ठूलो क्षति पु–याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराईमा गएको थियो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले भूकम्पको प्रारम्भीक क्षतिको विवरण सार्वजनिक गरेका छन् । घरहरु भत्केका र सडकहरु अवरुद्ध भएको समाचारमा जनाइएको छ । केही मानिसहरु घाइते भएको र उनीहरुलाई उद्दार गरिरहेका फोटो पनि संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal