आज :

लगातारको बर्षाले दुई कोठे विद्यालय भवन ध्वस्त

  • एम.बी थापा

सिमिकोट । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका अन्र्तगत वाड नंबर २ लेख गाउँको श्री सुन्दरभुमी प्राथमिक विद्यालयको दुई कोठे भवन अविरल वर्षाको कारण भत्किएको छ ।

तत्कालीन पहिलो स्थानीय सरकारको बेला दुई नम्बर वडाको रकमबाट निर्मित उक्त भवन पूर्णरूपमा भत्किएको छ । बसाइँसराइको कारणले गर्दा हाल बालबालिकाहरु गुसँ र खँडालेखको घुम्ती विद्यालयमा पढिरहेका छन् । अबको एक ÷ दुई महिनापछि गाउँलेहरु लेखबाट औल झर्ने हुँदा उक्त समयमा विद्यालय पनि औलमै संचालन हुनेगर्छ । तत्काल भत्किएको भवनलाई पुननिर्माण नगरिए त्यो बेला पठन पाठानमा निकै असहज हुने देखिन्छ । तीन कक्षासम्म संचालित उक्त विद्यालयमा हाल करिब ७० जना विद्यार्थीहरु रहेको स्थानिय बताउँछन् । दुई दिनको लगातार वर्षातको कारण गत बिहिबार राती १ बजेतिर विद्यालय भवन भत्किएको हो ।

वडाअध्यक्ष सिद्ध कार्कीले पढाई जस्तो संवेदनशील विषयमा लापरबाही गर्न नहुने बताउँदै भने “यो घटना घटिसकेपछि तुरुन्तै हामी बैठक बस्यौँ र पछिल्लो दिन सर्केगाड प्रहरी चौकिमा खबरगरि स्थलगत भर्मण गर्न अनुरोध गर्यौं र प्रहरी आई मुचुल्का बनाए अब यो सबै प्रमाण गाउँपालिकाको कार्यपालिका बैठकमा पेश गरी तुरुन्तै याक्सन लिने कुरामा विश्वस्त छौं ।” उनले थपे “बालबालिका भनेका भविष्यका कर्णधार हुन् त्यसकारण पठनपाठनमा कुनै हेलचेक्राइ गरिँदैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लुटु फडेराले अन्लाईन डबलिसँगै कुरा गर्दै भने,“तत्काल राहत भन्दा पनि दीर्घकालीन बिकासकोलागि स्थानिय सरकार, प्रदेश सरकार हुँदै संघसम्म घचघच्याउने पर्छ ।” आपतकालीन समयमा तत्काल एक तहको छलफलगरि शिक्षाप्रति चिन्ता र चासो राखेकोमा स्थानिय सरकारप्रति आफू खुशी रहेको सो विद्यालयका शिक्षक बिबेक फडेराले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal