आज :

गणेशको मूर्ति विसर्जन गर्ने क्रममा घट्यो डरलाग्दो घटना, ७ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ ।

भदौ १४ गतेदेखि शुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिकैको जलस्रोतमा लगेर विसर्जन गरिन्छ । भक्तजनहरूले मूर्तिहरू विसर्जनका लागि ठूलो लस्कर निकाल्छन् ।

महेन्द्रगढमा कनिना–रेवारी सडकखण्डस्थित झगडोली गाउँ नजिकैको नहरमा गणेश मूर्ति विसर्जन गर्न गएका करिब ९ जना पानीको तीव्र बहावमा बगेका छन् ।

यसैबीच भारतीय र चिनियाँ सेनाले बिहीबार पूर्वी लद्दाखको गोग्रा–हटस्प्रिंग क्षेत्रबाट पछि हट्ने घोषणा गरेका छन् । योसँगै प्याट्रोलिङ पोइन्ट १५(पीपी–१५) मा दुई वर्षभन्दा बढी समयदेखि कायम गतिरोध अन्त्य भएको छ ।

दुई सेनाको वक्तव्यअनुसार दुवै देशका सेना पछि हट्ने प्रक्रियाको सुरुवात जुलाईमा सम्पन्न उच्चस्तरीय सैन्य वार्ताको १६ औं चरणको परिणाम थियो ।

‘सन् २०२२ सेप्टेम्बर ८ मा, भारत चीन कोप्र्स कमाण्डर स्तरको १६ औैँ चरणको बैठकमा भएको सहमतिअनुसार, गोगरा–हटस्प्रिंग्स (पीपी–१५) क्षेत्रमा भारतीय र चिनियाँ सेनाहरू समन्वय र योजनावद्ध रूपमा पछि हट्न थालेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको समेत सहभागिता रहने सांघाई सहयोग संगठन (एससीओ)को वार्षिक शिखर सम्मेलनको करिब एक साता अगाडि सेना पछाडि हट्ने प्रक्रियाको घोषणा भएको छ ।

एससीओ सम्मेलनमा दुई नेताबीच द्विपक्षीय भेट हुनसक्ने अनुमान छ तथापि त्यस सम्बन्धमा हालसम्म कुनै औपचारिक सूचना भने आएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal