आज :

दार्चुलाको लास्कुमा ठुलो बाढी, दर्जन बढी घर बगायो, ११ जना बेपत्ता

  • अनलाइन डबली

काठमाडौँ।  गएरातीदेखिको अविरल वर्षासँगै आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण एक दर्जन बढी घरहरू बगेका छन्।

यस्तै एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। हालसम्म ११ जना बेपत्ता भएको उनले जानकारी दिए।

हाल पानी पर्न रोकिएपछि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ। नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ। आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तै भोलि आइतबार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै सोमबार पनि प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal