आज :

रुसको हवाई हमलामा परी सिरियामा अमेरिकी समर्थक १ सय २० लडाकुको मृत्यु, सयौं घाइते

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाको कारवाहीमा परी सिरियामा ठूलो संख्यामा विद्रोही समूहका लडाकुको मृत्यु भएको छ । स्थानीय नुसरा फ्रन्ट नामक विद्रोही समूहका लडाकुले गाउँमा आ तंक मच्चाएको बताउँदै हवाई कारवाही गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । सो हवाई हमलामा परी एक सय २० जना लडाका मारिएको रुसले दाबी गरेको छ । सो समूह अल कायदासँग आबद्ध रहेको बताइएको छ ।

सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिं सा मच्चाइरहेका छन् । पछिल्ला दिनमा त्यस्ता गतिविधिलाई बढाएसँगै रुसले हवाई हमला गरेको थियो । रुसी सेनाले बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको थियो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर सयौं लडाकु घाइते भएको बताइएको छ ।

सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो । बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा हमला गरेका थिए । त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरु पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरु मारिएका थिए ।

केही समय पहिले मात्रै अमेरिकी समर्थक लडाकु समूहले सिरियामा गतिविधि बढाएपछि रुसले हवाई हमला गरेको थियो । यो समूहलाई पनि अमेरिकाको सहयोग रहेको बताइएको छ । अमेरिकाले सिरिया सरकार विरोधी समूहलाई सहयोग गर्दै आइरहेको छ । अमेरिकाले सिरिया सरकारविरुद्ध त्यस्ता समुहलाई हतियार दिन थालेपछि रुसले कारवाही सुरु गरेको थियो । बसर अल असद सरकारविरुद्ध लड्दै आएको समूह कमजोर भएपछि अमेरिकाले यो समूहलाई पनि सहयोग गरिरहेको रुसको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal