आज :

उत्तर कोरिया परमाणु हतियार सम्पन्न देश घोषणा, परमाणु हमलाको आदेश गर्ने अधिकार किमजोङलाई

  • अनलाइन डबली

काठमाडौँ । उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएलाई उदृत गर्दै बीबीसीले परमाणु सम्बन्धी एक कानुन पनि पास गरेको छ । यो कानुन पारित भएसँगै उत्तर कोरिया पनि परमाणु हतियार सम्पन्न देशको सूचीमा थपिएको छ । कानुनले आफ्नो देशमाथि खतराको महशुस भएमा परमाणु हमलाको आदेश दिने अधिकार सर्वोच्च नेता किमजोङ उनलाई दिएको छ । नेता उनले आफ्नो यो घोषणामा कुनै परिवर्तन र वार्ता नहुने बताएको बीबीसीले जनाएको छ ।

सन् २००६ बाटै उत्तर कोरियाले परमाणु हतियार परीक्षण गर्दै आएको थियो । संयुक्त राष्ट्रको चौतर्फी नाकाबन्दीबीच उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई रोकेको थिएन । तर, परमाणु सम्बन्धी कानुन बनाएको थिएन । नयाँ कानुनले उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले एसिया भ्रमणको क्रममा जापन पुगेर उत्तर कोरियाविरुद्ध अभिव्यक्ति दिएका थिए । त्यसको प्रतिवाद उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल प्रहार गरेर दिएको थियो । समाचारमा जनाइएअनुसार अब अमेरिकाबाट उत्तर कोरियामाथि सुरक्षा खतरा भएमा परमाणु हतियार प्रयोग गर्ने अधिकार कानुनले दिएको छ । त्यो आदेश उनलाई दिइएको छ । योसँगै उन विश्वका शक्ति सम्पन्न देशका नेताको हैसियतमा पुगेका छन् ।

उत्तर कोरियाले सन् २००६ र २०१७ को बीचमा ६ परमाणु परीक्षण गरेपछि अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जोङको दुई पटक शिखर वार्ता भएको थियो । ट्रम्पले उनसँग परमाणु कार्यक्रम त्याग्न प्रस्ताव गरेकै कारण वार्ता सफल हुन सकेको थिएन् । बाइडनले पनि जापान पुगेर जे भनेपनि उत्तर कोरियासँग वार्ता गर्न चाहेको बताइएको छ । तर, उत्तर कोरियाले भने कुनै चाँसो देखाएको छैन ।

उत्तर कोरियाले युक्रेनमा सेना पठाएसँगै विश्वमा नयाँ तरंग फैलिएको थियो । उत्तर कोरियाका एक लाख सेना रुसको सहयोगको लागि युक्रेन पुगेका छन् । उनीहरु पूर्वी युक्रेन डोनबास क्षेत्रको पुनः निर्माणमा खटिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal