आज :

रुसी शैलीमा बेलारुसको युद्ध अभ्यास सुरु, युक्रेनमा सैन्य हमलाको तयारी !

  • अनलाइन डबली

काठमाडौँ । बेलारुसले सैन्य अभ्यास सुरु गरेको छ । बेलारुसले राजधानीसहित तीन स्थानमा सैन्य अभ्यास सुरु गरेको हो । बेलारुसको रक्षा मन्त्रालयका अनुसार सेप्टेम्बर १४ सम्म सैन्य अभ्यास जारी रहनेछ । सैन्य अभ्यास पोल्याण्ड र युक्रेनको सीमा क्षेत्रमा पनि गरिने भएको छ । युक्रेनमा सैन्य कारवाही गर्नुअघि रुसी सेनाले सीमा क्षेत्रमा गरेको सैन्य अभ्यासकै शैलीमा युद्धअभ्यास गरिएको बताइएको छ । युद्ध अभ्यासमा विरोधी सेनाले कब्जा गरेको भूमी कसरी फिर्ता ल्याउने भन्नेमा अभ्यास गरिएको छ ।

रक्षा मन्त्रालयले भिडियो जारी गर्दै युद्ध अभ्यासमा ७ हजार ५ सय सैनिक सहभागी रहेका छन् भने २६० बख्तरबन्द गाडी, ३० हवाई जहाज र हेलिकोप्टर सहभागी रहेको बताइएको छ । युद्ध अभ्यास राजधानी मिन्स्क, उत्तर पूर्व भीतेब्स्क र ब्रेस्त शहरमा जारी रहेको छ ।
युक्रेन सीमाबाट ३२ किलोमिटर र पोल्याण्डबाट मात्रै १० किलोमिटरमा अभ्यास नेटो सदस्य रहेका लातविय, लिथुआनियालाई पनि युद्ध अभ्यासले चुनौती थपेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

बेलारुसले आफ्नो सीमा नजिक नेटोले गरेको गतिविधिका कारण युद्ध अभ्यास गर्नु परेको बताएको छ । यसको मुख्यकारक पश्चिमा देशहरु भएको बेलारुसले पनि बताएको छ । रुसले सैन्य कारवाही अघि सीमा क्षेत्रमा गरिएको शैलीमा युद्ध अभ्यास सुरु गरेसँगै बेलारुस पनि युद्धमा सहभागी हुने विश्लेषण हुन थालेको छ । बेलारुसले युक्रेन वा पोल्याण्डमा यसअघि पनि सैन्य कारवाही गर्न सक्ने अनुमान गरिएको थियो ।

युक्रेनमाथि रुसको सैन्य कारवाहीको सुरुदेखि समर्थन गर्दै आएको बेलारुस प्रत्यक्ष रुपमा भने युद्धमा सहभागी भएको छैन । उसले रुसी सेनालाई आफ्नो आकाश र जमिन प्रयोग गर्न अनुमति दिइसकेको छ । तर, सैन्य सहभागीता भने जनाइसकेको छैन । बेलारुसको अहिलेको अभ्यासले युद्धमै सहभागी हुने स्तरको रहेको बताइएको छ ।

नेटोले बेलारुसको सीमा नजिकै युद्ध अभ्यास गरेसँगै राष्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले परमाणु तैनाथको आदेश दिएका थिए । उनले .रुससँग परमाणु अस्त्र ल्याइसकेको बताएका छन् । उनले फाइटर विमान पनि अपग्रेड गरिसकेको भन्दै नेटोको विमानहरु ध्वस्त गर्न चेतावनी दिएका थिए । अपग्रेड गरिएका फाइटर विमानले परमाणु हतियारबाट मार हान्न सक्ने बेलारुसको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal