आज :

मोहन वैद्य नेतृत्वको पार्टीका असन्तुष्ट समूहद्वारा ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा

  • अनलाइन डबली

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टी असन्तुष्ट समूहले नयाँ मोर्चा घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो ।

नवगठित मोर्चाले आगामी मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफूहरुले विद्रोह गरेर संयुक्त राजीनामा दिएर नयाँ मोर्चाको घोषणा गरेको जानकारी दिए ।

राजनीतिक पार्टी जनताको बीचमा जानुपर्छ भन्ने माग राखेपनि नेतृत्वले त्यसमा सुनुवाई नगरेको उनले स्पष्ट पारे । सोही पार्टीमा बसेर नेपाली जनताको हित र विकासको काम हुन नसक्ने आफूहरुले निश्कर्ष निकालेको र लगत्तै मोर्चा गठन गरेको उनको स्पष्टोक्ति थियो । उनले पार्टी क्रान्तिकारी मुद्दाहरु लागु नगरी दासहरू उत्पादन गर्ने भट्टीको रुपमा विकास भएकोसमेत आरोप लगाए ।

अध्यक्ष खड्काले वैद्य नेतृत्वको पार्टीभित्र स्वार्थका झुण्डहरूको गुट, नेतृत्वको गुलामी गर्नेको समूह, दलालीकरणको विकाससँगै क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरु हावी भएको समेत टिप्पणी गरे । उनले नेतृत्वमा संकिर्णवाद, जडसुत्रवाद, निम्न पुँजीवादी चिन्तन र दक्षिणपन्थी अवसरवाद हावी भएको पनि आरोप लगाए ।

अध्यक्ष खड्काले २०७८ चैत्र १३ गते ५ नं. प्रदेशबाट र गत साउन १६ गते ३ नं प्रदेश साथै देशैभरिबाट सामूहिक राजीनामा दिँदै औपचारिक रुपमा पार्टी परित्याग गरेको जनाए । खड्कालगायत केन्द्रीय सदस्य सुरेश वली, प्रदेश सदस्य धनवीर चौधरीलगायत सयौंको संख्यामा परित्याग गरी नयाँ मोर्चा निर्माणमा लागेको उनले दाबी गरे ।

उनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने पनि बताए । देशमा अहिले भैरहेको व्यवस्थाले जनताको हित नहुने कुरा पुष्टि भइसकेको उनको दाबी थियो । उनले अहिलेको व्यवस्था हटाउनुपर्नेमा जोड दिँदै यही व्यवस्था रहेसम्म मोर्चाले संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal