आज :

प्रेम प्रस्ताव राखेका किशोरले फेसबुकमा ब्लक गरेपछि बेपत्ता भएकी आस्था यस्तो अवस्थामा भेटिइन्

  • अनलाइन डबली

धनगढी । धनगढीको मोहना नदीमा एक जना किशोरीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार बिहान नदीमा तैरिएर बग्दै गरेको अवस्थामा शव फेला परेको हो।

उक्त शव धनगढी-१३ की १६ वर्षीया आस्था शर्माको भएको खुलेको जोशीले बताए। ‘उनले लगाएको लुगाको खल्तीमा नारी शीर्षकमा लेखिएको कविता थियो। त्यसमा नाम आस्था शर्मा थियो,’ जोशीले भने,‘त्यसैका आधारमा उनको पहिचान खुलेको हो।’

शर्मा भदौ २० गतेदेखि हराइरहेकी थिइन्। ८ कक्षामा पढ्ने शर्माको परिवारले छोरीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान उनले २० गते नै नदीमा हाम फालेको देखिएको छ।

‘प्रारम्भिक अनुसन्धानमा उनले प्रेम प्रस्ताव राखेका किशोरले फेसबुकमा ब्लक गरेपछि पीडा सहन नसकी आत्महत्या गरेको देखिएको छ,’ डिएसपी जोशीले भने,‘हामी थप अनुसन्धान गर्दैछौं।’

उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ। यसैबीच नवजात शिशुको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका ४ का ४३ वर्षीय प्रेमकुमार राउत रहेको प्रहरीले जनाएको छ ।

२०७० साल असार ७ गते धनकुटा नगरपालिका ५ बिहीबारे हाटको खोल्सीमा नवजात शिशुको ह त्या गरेर फालेको अभियोगमा राउत अदालतबाट दोषी ठहर भएका थिए ।

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ बाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

एक महिलासँग अनैतिक सम्बन्ध राखी उनीबाट जन्मिएको बच्चाको हत्या गरेको कसुरमा उनलाई पक्राउ गरिएको अधिकारीले बताए । काठमाडौंको गौशालामा नक्कली नामबाट होटल सञ्चालन गरेर बस्दै आएका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त कसुरमा जिल्ला अदालत धनकुटाले २०७४ कात्तिक २० गते उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतले २०७६ वैशाख १६ गते राउतमाथि जन्मकैदको अन्तिम फैसला सुनाएको थियो।

राउतलाई प्रहरीले नियन्त्रणमा लिएर पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो । प्रहरीले काठमाडौंबाट पक्राउ गरी जहाज मार्फत् सोमबार धनकुटा ल्याएको थियो ।

उनलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । उक्त घटना भएलगत्तै पक्राउ परेकी अभियुक्त महिला भने कैद सजाय भुक्तान गरी छुटिसकेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal