आज :

सिरियामा रुसी सेनाको भिषण हमला, १२० जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् ।

सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् ।

तिनै समूहका लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिम एक प्रान्तमा हवाई कारबाही गरेको हो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् भने अरु केही घाइते भएका छन् ।

सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो । बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा आक्रमण गरेका थिए ।

त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरु पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरु मारिएका थिए ।

यसैबीच विश्वव्यापी खाद्यान्न संकट सहज बनाउनको लागि संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थतामा युक्रेनी बन्दरगाहबाट ढुवानी खुलाइएका अन्नहरु सबै नै धनी युरोपेली मुलुक पुगिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् ।

पुटिनले बुधबार खाद्यान्नको खास आवश्यक महसुस गरिरहेका विपन्न मुलुकलाई बेवास्ता गरेर धनी मुलुकले युक्रेनी अन्नमा हाली–मुहाली गरिरहेको पनि बताए ।

‘युक्रेनबाट निर्यात भएको सबै खाद्यान्नहरू युरोपेली संघका मुलुकमा गइरहेको छ, विपन्न विकासोन्मुख मुलुक होइन ,’ भ्लादिभोस्तोकस्थित प्रशान्त सागरमा रहेको रुसी बन्दगाहमा आयोजित आर्थिक फोरममा पुटिनले भने । तर युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले भने पुटिनको आरोप खण्डन गरे ।

‘युक्रेनी अन्नको दुई तिहाई ढुवानी एशिया, अफ्रिका र मध्यपूर्व गएका छन् । युक्रेनी अन्न युरोप मात्र गएको छ भन्ने रुसी भनाई यथार्थसँग मेल खाँदैन,’ कुलेबाले भने । संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थतामा खाद्यान्न कोरिडोर बनेदेखि यता विश्वव्यापी खाद्यान्नको मुल्यमा परेको दबाब कम भएको पनि उनले दाबी गरे । कुबेलाले गहुँको मुल्य मात्रै अगष्ट महिनामा कम्तिमा पाँच प्रतिशतले घटेको दाबी गरे ।

तर पुटिनले भने युरोपेली मुलुकले औपनिवेशिक शासकजस्तो व्यवहार देखाएर विकासोन्मुख मुलुकलाई अन्न नदिएको दाबी गरे । ‘यस्तो प्रवृत्तिले विश्वको खाद्यान्न समस्या झन् बढ्छ मात्रै,’ पुटिनले भने ।

‘खाद्यान्न तथा अन्य उत्पादनको निर्यात सिमित गर्नेबारे सोच्नुपर्ने बेला भएको हो त ?’ पुटिनको प्रश्न थियो । जुलाईमा सम्पन्न खाद्यान्न रुट खोल्ने सहमतिको अनुगमन गर्ने इस्तानबुलस्थित एक संयुक्त केन्द्रको तथ्यांकले भने कुल खाद्यान्नको एक तिहाई मात्र युरोप गएको देखाएको छ ।

झण्डै ३० प्रतिशत खाद्यान्न विश्वका न्युन तथा न्युनमध्यम आयुक्त मुलुकले पाएको पनि तथ्यांकले देखाउँछ । ‘यस विषयमा रुसी भनाई यथार्थपरक छैन । सम्भवत पछिल्ला दिनमा युक्रेनी आक्रमणले रुसीहरुलाई असर गरिरहेको र युरोपेले पनि दबाब सिर्जना गरिरहको स्थितिमा उनीहरुले जवाफी क्षति पु¥याउनेबारे सोचिरहेका छन्,’ इस्तानबुल आयदिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक तरिका ओगुज्लुले भने ।

युक्रेन र रुस गहुँ र अन्य अन्नका विश्वका सबैभन्दा ठूला निर्यातक मुलुक हुन् । युक्रेनमा युद्ध सुरु भएयताका ६ महिनामा मस्को र कियभबीच युक्रेनी बन्दरगाहमा फसेका अन्न निकाल्न सुरक्षित मार्ग बनाउने सहमती मात्र दुई मुलुकबीच भएको एक मात्र सहमती हो ।

जुलाईमा भएको सम्झौता १२० दिनको लागि मात्र हो । मिति थप्न मस्को र कियभ दुवैको सहमती आवश्यक पर्छ । तर मस्कोले पछिल्लो समय सहमतिबारे गुनासो व्यक्त गर्न थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal