आज :

बेलायतकी महारानी एलिजाबेथको निधन, ७० बर्षसम्म गद्दीमा बस्ने को हुन् एलिजाबेथ ?

  • अनलाइन डबली

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ । बेलयातको इतिहासमा सबैभन्दा लामो ७० वर्षसम्म गद्दीमा बसेकी एलिजाको बिहीवार स्वास्थ्यका एकाएक स्वास्थ्यमा समस्या पैदा भएको थियो । परिवारका सदस्यहरु रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका बीबीसीले जनाएको छ । महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन् । उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन् ।

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भने, “हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहिरो शोक मनाउने छौँ । मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि । साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन् ।” उनले शोक र परिवर्तको अवधीमा उनी र उनको परिवारलाई महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहीरो प्रेम गर्ने गरेको बताए ।

एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, “आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ । राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन् ।” चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछी उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए ।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए ।
महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको बताएकी छन् ।

नयाँ राजाका बारेमा बोल्दै उनले भनिन्ः “हामी उनी समक्ष उनको आमाले यति लामो समयसम्म यति धेरै मात्रामा व्यक्त गरेको जसरी नै हाम्रो बफादारी र समर्पण प्रस्तुत गर्दछौँ ।” एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्ने उनको भनाई छ ।

महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा ब्रिटेनमा १५ जना प्रधानमन्त्री भए, सन् १८७४ मा जन्मेका विन्स्टन चर्चीलदेखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म । राज्यकालभरी नै उनले प्रधानमन्त्रीहरूसँग साप्ताहिक रूपमा भेटघाट गर्ने गर्दथिइन् ।

लण्डनस्थित बकिंघम राजदरबार बाहिर महारानीको स्वास्थ्य अवस्थाबारे जानकारीको प्रतिक्षा गरिरहेका मानिसहरू उनको निधनको समाचार सुनेर रून थालेका थिए । स्थानीय समय अनुसार बेलुकीको साढे छ बजे महारानीको निधन भएको घोषणा गरिएपछि उक्त दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो भने महारानीको निधन भएको भन्ने औपचारिक सूचना दरबार बाहिर राखिएको थियो ।

महारानीको जन्म सन् १९२६ को २१ एप्रीलमा लण्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो । उनी ब्रिटेनको महारानी बन्लिन् भनेर कसैले पनि अनुमान गरेका थिएनन् तर सन् १९३६ मा उनको ठूलो बुवा एडवर्ड अष्टम्ले दुईपटक पूर्वपतिहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागे । त्यसपछि उनका पिता राजा जोर्ज छैठौँ बनेपछि १० वर्षको उमेरमा नै परिवारभित्र लिलिबेट भनेर मायालु नामले बोलाइने उनी राजगद्दीको उत्तराधिकारी बन्न पुगेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal