आज :

सन्दीप किशोरीलाई लिएर राति ११:५५ बजे पुगेका थिए होटल, कर्मचारीले गरे यस्तो खुलासा

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट (सीसी) क्यामराका दृश्य प्रहरीले संकलन गरेको छ ।

ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित मध्यराति ११:५५ बजे पुगेको खुलासा बहेको छ ।

उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको एक प्रहरी अधिकृतले बताए । होटलका कर्मचारीले पनि दुईजनाको उपस्थितिलाई पुष्टि गरेको रहस्य पनि खुलेको छ ।

‘यसले घटना भएको भनिएको दिन पीडित र लामिछानेसँगै भएको देखाउँछ, होटलका कर्मचारीले पनि दुईजनाको उपस्थितिलाई पुष्टि गरिदिएका छन्,’ एक अधिकृत भन्छन्, ‘लामिछाने नियमित जाने होटल भएकाले त्यो दिन उनीहरु कसेको पनि परिचय पत्र त्यहाँ राखिएको रहेनछ ।’

लामिछानेले होटलका सञ्चालकलाई फोन गरेरै कोठा बुक गरेको खुलासा गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । पीडितको बयान अनुसार उनले दुईवटा कोठा बुक गर्न भनेकी थिइन् । तर लामिछानेले एउटा मात्र कोठा खाली भएको बताउँदै एउटैमा बस्नुपर्ने बताएका थिए ।

राति लामिछानेले मादक पदार्थ पनि सेवन गरेको पीडितको भनाइ छ । ‘राति पटकपटक जबरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोरा भन्छन्, ‘प्राविधिक पक्षको अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले नगरकोटमा उनीहरु गएको भनिएको होटलको पनि सीसी टीभी फुटेज संकलन गरेको छ । ‘सन्दीपमाथि लागेको अभियोगविरुद्ध सीसी टीभी फुजेट र कर्मचारीले गरिदिएको कागज महत्वपूर्ण प्रमाण हुनेछन्,’ ती अधिकृत भन्छन्, ‘अन्य प्राविधिक पाटोबारे अनुसन्धान भइरहेको छ ।’

लामिछाने अहिले क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि जमैकामा छन् । केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको अभियोगबारे हालसम्म लामिछाने मौन छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal