आज :

दशैँलाई लक्षित गरी देउवा सरकारले लगायो यस्तो प्रतिबन्ध, फूलपातीबाट लागु हुने

  • अनलाइन डबली

काठमाडौँ । सरकारले दसैंको सष्टी अर्थात् फूलपातिको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन प्रतिबन्ध लगाएको छ ।

यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै सष्टीदेखि एकादशी (दसैंको टिकाको भोलिपल्ट) सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो ।

दसैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरुलाई पनि नरोकिने विभागले जनाएको छ ।

आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको विभागले दसैंको पहिलो दिन घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्म सबै सर्वाजनिक गाडीहरुको रुट पर्मिट खुल्ला गर्ने समेत निर्णय गरेको छ ।

दसैंको सार्वजनिक यातायात, सडक सुरक्षा, अनलाइन टिकट बुकिङ, कोरोना सुरक्षा लगायतका सन्दर्भमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, सुरक्षा निकाय लगायत सरोकारवाला व्यक्तित्वहरुसँग मंगलबार ९ बुँदे सहमति भएको छ ।​

यता पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए ।

‘तत्काल ढुवानी भाडा वृद्धिको निर्णय नगरिए आन्तरिक तथा वाहृय दुवै प्रकारको पेट्रोलियम ढुवानी २५ गतेबाट रोक्ने निर्णय गरेका छौं,’ अध्यक्ष बोहोराले भने, ‘हामीसँग भएका सबैखाले माग र सहमति कार्यन्वनयन नभएपछि वाहृय भएर आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं । यो निर्णायक आन्दोलन हो ।’

महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताए ।

ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ ।

निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासंघले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।

इन्धन ढुवानीका लागि महासंघसँग करिब १९ सय ट्यांकरहरु सञ्चालनमा छन् । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाईन गत वर्षदेखि सञ्चालन आएपछि आधाजति ढुवानीका ट्यांकर बिजनेस नपाएर थन्किएका छन् ।

एक वर्षपछि पेट्रोल पनि पाइपलाइनबाटै ढुवानी हुने भएपछि इन्धन ढुवानीमा ट्यांकर विस्थापित हुने अवस्था सिर्जना हुँदैछ । तर, ढुवानी विकल्प तयार भएपछि पनि निगमले ट्यांकरसंगको करार भंग नगरी भाडा वृद्धि गर्न पटक पटक समझदारी गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal