आज :

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

काठमाडौँ । घरेलु टोली केन्याले अन्तिम एक दिवसीयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २५६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो । केन्याका लागि कोलिन्स ओवियले ८४ रनको अर्धशतकीय पारी खेले । १११ बल खेलका उनले ७ चौका र २ छक्का प्रहार गरे

त्यस्तै लुकास डानडसनले ५९ रनको अर्धशतकीय पारी खेले । २७ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे । केन्याका सुकदीप सिंहले ३७ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई–दुई विकेट लिए । त्यस्तै बसिर अहमद र साहव आलमले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने योजनामा छ ।

तीन खेलको एकदिवसीय सिरिजमा नेपालले एक खेल अगावै सिरिज जितिसकेको छ । यता केन्या भने आजको खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप हुनबाट जोगिन चाहन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal